कीवर्डहरू -

रेडियोमा पहुँच भएका विद्यार्थीहरुको लागि सिकाइ सहजिकरण गर्न यस्तो छ निर्दैशिका

रेडियोमा पहुँच भएका विद्यार्थीहरुको लागि सिकाइ सहजिकरण गर्न यस्तो छ निर्दैशिका

शिक्षा मन्त्रालयले हालै विद्यार्थीको पठन पाठन सुरु गर्न वैकल्पिक सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ ।

मन्त्रालयले कोरोना भाइरस संक्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्न वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरेको हो ।

जसमा रेडियोको पहुँच भएका विद्यार्थीहरुको लागि पनि सिकाइमा सहजीकरण गर्न निर्देशिका जारी गरिएको छ ।

रेडियो, एफएममा पहुँच भएका विद्यार्थी रहेको समूहका लागि यस्तो छ निर्दैशिका

(१) सबै विद्यार्थीहरूलाई चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकीन गरी सो को अभिलेख राखी पाठ्‍यपुस्तक उपलब्ध गराउने,

(२) केन्द्रले तयार पारेका सामग्रीहरू केन्द्रीय रेडियोबाट प्रसारण गर्ने र यी  सामग्रीहरू एफएम रेडियो र स्थानीय एफएम रेडियोहरूलाई निःशुल्क उपलब्ध गराउने,

(३)  प्रदेश र स्थानीय तहले नि:शुल्क वा न्यूनतम शुल्कमा प्रसारण गर्ने व्यवस्था मिलाउने,

(४)  स्थानीय तहले त्यहीँ उपलब्ध हुने शिक्षकलाई बोलाएर सामुदायिक रेडियोमा पढाउन लगाउने र निगरानीको जिम्मा समुदायमा रहेका शिक्षकलाई दिने र यसरी प्रसारण गर्दा अन्तरक्रियात्मक बनाउन आवश्यक प्रबन्ध गर्ने,

(५)  रेडियोबाट सुन्ने र विद्यार्थीहरूले आफैंलेअभ्यास गर्दै सिक्ने व्यवस्थाका लागि स्थानीय समुदायमा बसोबास गरिरहरेका शिक्षक र अभिभावको निगरानीको व्यवस्था र भौतिक दूरी कायम गरी चार देखि पाँच जनाको समूहमा छलफल गर्ने व्यवस्था मिलाउने,

(६)  सिकाइकै अभिन्न अंगको रूपमा विद्यार्थीले तयार पारेको लेख रचना र घरमै बसेर गरेको परियोजना कार्यलाई रेडियोमा प्रसारण गर्ने व्यवस्था मिलाउने,

(७)  रेडियो प्रसारका साथै सम्भव भएसम्म स्वाध्यायन सामग्री पनि उपलब्ध गराउने,

(८)  संघ, प्रदेश र स्थानीय तहबाट रेडियो र एफएम रेडियोबाट प्रसारण गरिने कक्षागत र विषयगत पाठहरू दोहोरो नपर्ने गरी समय तालिकालाई व्यवस्थित गर्ने,

(९)  स्थानीय तहले विषयगत रूपमा विज्ञ शिक्षकहरूको सूची तयार गरी पाठयोजना र समय तालिका समेत तयार गरी पाठ शिक्षणको प्रसारण हुने व्यवस्था गर्ने,

(१०)  सम्भव भएसम्म टोल फ्री नोटिस बोर्ड सर्भिस र बल्क एसएमएस सर्भिसको प्रयोग गर्ने,

(११)  अभिभावक शिक्षाका माध्यमबाट घर र टोलमा समेत सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न प्रोत्साहित गर्ने ।