कीवर्डहरू -

टेलिभिजनको पहुँचमा भएका विद्यार्थीहरुको लागि सिकाइ सहजिकरण गर्न यस्तो छ निर्दैशिका

टेलिभिजनको पहुँचमा भएका विद्यार्थीहरुको लागि सिकाइ सहजिकरण गर्न यस्तो छ निर्दैशिका

शिक्षा मन्त्रालयले हालै विद्यार्थीको पठन पाठन सुरु गर्न वैकल्पिक सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ ।

कोरोना भाइरस संक्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्न वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरेको हो ।

जसमा टेलिभिजनको पहुँचमा भएका विद्यार्थीहरुको लागि पनि सिकाइमा सहजीकरण गर्न निर्देशिका जारी गरिएको छ ।

टेलिभिजनमा पहुँच भएका विद्यार्थी रहेको समूहका लागि

(१)  सबै विद्यार्थीहरूलाई चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकीन गरी सो को अभिलेख राखी पाठ्‍यपुस्तक उपलब्ध गराउने,

(२) शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास तथा संयोजन गरेका कक्षागत सिकाइ सामग्रीहरू केन्द्रीय टेलिभिजनबाट प्रसारण  गर्ने,

(३)  शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट तयार भएका र प्रसारण गरिएका सामग्रीहरू नि:शुल्क सबै टेलिभिजन च्यानलहरूलाई उपलब्ध गराउने,

(४)  प्रदेशहरूले प्रदेश स्तरमा र स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका टेलिभिजनबाट प्रसारण गर्ने व्यवस्था गर्ने,

(५)  स्थानीय रूपमा सम्बन्धित शिक्षकहरूले प्रसारण गरिएका पाठहरू विद्यार्थीहरूले अध्ययन गरे, नगरेको अनुगमन गर्नुका साथै पाठ्‍यवस्तु बुझ्न कठिनाइ भए, नभएको एकिन गरी सहजीकरण गर्ने व्यवस्था मिलाउने,

(६)  संघ, प्रदेश र स्थानीय तहबाट टेलिभिजनबाट प्रसारण गरिने कक्षागत र विषयगत पाठहरू दोहोरो नपर्ने गरी समय तालिकालाई व्यवस्थित गर्ने,

(७)  स्थानीय तहले विषयगत रूपमा विज्ञ शिक्षकहरूको सूची तयार गरी पाठयोजना र समय तालिका समेत तयार गरी पाठ शिक्षणको प्रसारण हुने व्यवस्था गर्ने,

(८)  स्थानीय तहले शिक्षकहरूको सूची तयार गरी स्थानीय तहभित्र सञ्चालित टेलिभिजनबाट पाठ प्रसारण गर्ने व्यवस्थाको उत्तरदायी बनाउन सकिने,

(५)  अभिभावक शिक्षाका माध्यमबाट घर र टोलमा समेत सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न प्रोत्साहित गर्ने ।