कीवर्डहरू -

नेपालमै विकास भयो युभि डिसइन्फेक्सन बिन, प्रयोग भएका सामग्रीलाई किटाणु रहित बनाउन सकिने

एकपटक प्रयोग गरेको मास्क तथा ग्लोब्सलाई पुन: प्रयोग गर्न सकिने

नेपालमै विकास भयो युभि डिसइन्फेक्सन बिन, प्रयोग भएका सामग्रीलाई किटाणु रहित बनाउन सकिने

राष्ट्रिय आविस्कार केन्द्रले युभि डिसइन्फेक्सन बिनको विकास गरेको छ । आविस्कार केन्द्रले करिब एकमहिना लगाएर युभि डिसइन्फेक्सन बिनको विकास गरेको हो ।

युभि डिसइन्फेक्सन बिनको सहयोगले एकपटक प्रयोग गरेको मास्क वा ग्लोब्सलाई किटाणु रहित बनाएर पुनः १० देखि १५ पटकसम्म प्रयोग गर्न सकिन्छ । युभि डिसइन्फेक्सन बिनको परीक्षण पनि सफल भइसकेको छ ।

\"\"

कोरोनाबाट सुरक्षित रहनको लागि प्रयोग हुने  एन ९५ मास्क, भाइजर तथा चस्मा लगायत अन्य स्वास्थ्य सामग्रीहरुको अभाव भएको अवस्थामा यो युभि डिसइन्फेक्सन बिन उपयोगी हुने केन्द्रले जनाएको छ ।

यसको प्रयोग गर्न गार्‍हो नहोस भनेर यस सिस्टमलाई माइक्रो प्रोसेसरमा आधारित बनाइएको छ । कति समयसम्म यो सिस्टम चलाउने हो सोही अनुसार समय निर्धारण गर्न सकिन्छ ।

\"\"

यदि युभि डिसइन्फेक्सन बिनको आवश्यक परेमा राष्ट्रिय आविस्कार केन्द्रमा सम्पर्क गर्न सकिने छ । कोरोना महामारीसँग लड्न केन्द्रले विभिन्न सामग्रीहरुको विकास गरिसकेको छ ।