कीवर्डहरू -

स्टे कनेक्टेड अफर अन्तर्गत टेलिकमले दिएको डेटा सेवाको अवधि थप

स्टे कनेक्टेड अफर अन्तर्गत टेलिकमले दिएको डेटा सेवाको अवधि थप

नेपाल टेलिकमले स्टे कनेक्टेड अफर अन्तर्गतको डेटा सेवाको अवधि थप गरेको छ । टेलिकमले स्टे कनेक्टेड अफर अन्तर्गतको डेटा सेवाको अवधि जेठ ३२ गतेसम्म बढाएको हो ।

उक्त अफर अन्तर्गत जीएसएम सेवामा डाटा प्याक अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयाँमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्नुपर्नेछ ।

यसैगरी दोश्रो प्याकेजमा २ सय रुपैयाँमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र कम्पनीको फोरजी नेटवर्कमा ७ दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

यसरी १ सय रुपैयाँमा बोनससहित कुल ४ जीबी र २ सय रुपैयाँमा बोनससहित १० जीबी डाटा प्रयोग गर्न सकिनेछ ।

उक्त अफर नेपाल टेलिकम एप र युएसएसडी बाट खरिद गर्न सकिन्छ । युएसएसडी बाट खरिद गर्न *१४१५*१०# डायल गर्नुपर्दछ । थप जानकारी कम्पनीको वेबसाइटबाट प्राप्त गर्न सकिन्छ ।