कीवर्डहरू -

कलर ओएस सेभेन एण्ड्रोइड १० को आधिकारिक भर्सन ओपो फोनमा उपलब्ध

कलर ओएस सेभेन एण्ड्रोइड १० को आधिकारिक भर्सन ओपो फोनमा उपलब्ध

वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले एण्ड्रोइड १० मा आधारित आफ्नो अधिकारिक सञ्चालन प्रणाली कलर ओएस सेभेनका लागि रोलआउट प्लानको घोषणा गरेको छ ।

अप्रिल महिनादेखि नै ओपोका प्रयोगकर्ताहरुले कलर ओएस सेभेनको आधिकारिक भर्सन प्राप्त गरिरहेका छन् भने रनो, फाइन्ड र ए सिरिज लगायत थप उपकरणहरु २० भन्दा बढी ओपोका स्मार्टफोन मोडलमा पनि यो प्रयोगका लागि उपलब्ध हुनेछ ।

सन् २०१९ को नोभेम्बरमा घोषणा गरिए देखि नै कलर ओएस सेभेनका लागि विश्वभर बाटै ओपोका प्रयोगकर्ताहरुले सकारात्मक प्रतिक्रिया दिँदै आइरहेका छन् ।

ईन्फाइनाइट डिजाइन, तिब्र र स्मूथ पर्फरमेन्स, सुदृढ सुरक्षा, सोलुप र फोकस मोड लगायत अत्याधुनिक फिचर्सका साथमा यो सञ्चालन प्रणाली उपलब्ध गरिएको छ ।

रोल आउटका बारेमा बोल्दै, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘कलरओएसका लागि जिम्मेवार समुहले गुणस्तरिय मापदण्डप्रति सटिक ध्यान दिँदै, प्रयोगकर्ताका प्रतिक्रियाहरु लाई पनि निकै गम्भिरता पूर्वक प्राथमिकतामा राखेका छन् ।

आधिकारिक भर्जन रोलआउट गर्नुपूर्व हामीले ९२ हजार परिक्षकहरु मार्फत बग्सका बारेमा जानकारी र तिनका प्रतिक्रिया लिँदै हजारौँ ट्रायल भर्जनमा हजारौँ पटक परिमार्जन गरेका छौँ ।’

विश्वभरका १ सय ४० देशमा कलरओएका ३ सय ५० मिलियन प्रयोगकर्ता रहेका छन् भने यो ८० भन्दा बढी भाषामा उपलब्ध रहेको छ ।

आरएण्डडी समुहले कलरओएस सेवन ट्रायल भर्सनका प्रयोगकर्ताहरुद्वारा प्रेसित सल्लाह–सुझाव तथा प्रतिक्रियालाई विशेष प्राथमिकता दिँदै चाहेका फिचर्सहरुलाई आधिकारिक भर्जनमा समावेश गरिएको छ ।

ओपो फाइन्ड एक्स, फाइन्ड एक्स  सुपरभोक इडिशन, फाइन्ड एक्स आटोमोलि लयाम्बर्गिनी इडिशन, रेनो टेनएक्स जुम, रेनो, रेनो टू, रेनो टूएफ, आर १७ प्रो, एफ ११ प्रो र एफ ११ मा कलर ओएस सेभेनको आधिकारिक भर्सन अहिले नै उपलब्ध भइसकेको छ ।

अन्य ओपो स्मार्टफोन्सका लागि  कलर ओएस सेभेन अपडेटको आधिकारिक भर्जन निम्न तालिका अनुसार उपलब्ध गराइने छ ।

त्यस्तै एफ ९, एफ नाइन प्रो, एफ सेभेन, ए फाइभ २०२०, ए नाइन २०२० जुनमा अपडेट उलपब्ध हुनेछ भने ए ९१ मा जुलाईमा अपडेट उपलब्ध हुनेछ ।