कीवर्डहरू -

इन्जिनियरले लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषदको परीक्षा पास गर्नुपर्ने

इन्जिनियरले लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषदको परीक्षा पास गर्नुपर्ने

इन्जिनियरहरुले लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषदले लिने परीक्षामा पास हुनु पर्ने कानून निर्माण हुन लागेको छ ।

नेपाल इन्जिनियरिङ परिषद २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ मा इन्जिनियरिङ व्यवसायीको रुपमा लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषद्ले लिने परीक्षा पास गर्नुपर्ने व्यवस्था गरिएको हो ।

संसदको विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष डिल्लीरमण निरौलाले विद्यमान इन्जिनियरिङ परिषदको ऐनमा इन्जिनियरको योग्यता अनुसार नाम दर्ता गर्ने, इन्जिनियरिङ पेशामा कार्यसम्पादन बढाउने, परीक्षा प्रणालीमा पास हुनेलाई मात्र लाइसेन्स दिने, विश्वविद्यालयको पाठ्यक्रममा एकरूपता गर्ने र परिषद्को रजिष्ट्रारको नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट गर्ने व्यवस्था गरिएको बताएका हुन् ।