कीवर्डहरू -

अनलाइन गेम तथा बेटिङको भुक्तानीका लागि ईसेवा प्रयोग नगर्न कम्पनीको अनुरोध

अनलाइन गेम तथा बेटिङको भुक्तानीका लागि ईसेवा प्रयोग नगर्न कम्पनीको अनुरोध

गैरकानूनी कार्यको भुक्तानीका लागि ईसेवा प्रयोग नगर्न कम्पनीले अनुरोध गरेको छ ।

पछिल्लो केही दिनदेखि विभिन्न गैरकानूनी अनलाइन खेल, बाजी तथा बेटिङ जस्ता कार्यमा भुक्तानीको माध्यम ईसेवा प्रयोग भएको जानकारी प्राप्त भएकाले यसप्रति ईसेवा फोनपे प्रालिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै सरकारको कानून विपरित तोकेको कुनैपनि अनलाइन गेम, बाजी बेटिङ वा अन्य कुनै गैरकानूनी कार्यमा कसैलाई भुक्तानीको माध्यम ईसेवा प्रयोग गर्न छुट नदिएको बताएको छ ।

\"\"

उक्त सूचनामा भनिएको छ, ‘यदि कसैले ईसेवा खाता भुक्तानीको माध्यमको रुपमा प्रयोग गरी यस्तो क्रियाकलाप गरेको पाइएमा हामीले सरोकारवाला निकायमा कारबाहीको सिफारिस जानकारी गराउनुका साथै यस्ता अकाउन्ट ब्लक गरी भविष्यमा प्रयोग गर्न अयोग्य हुने हाम्रो आन्तरिक ग्राहक नीति रहेको स्पष्ट पार्न चाहान्छौं’ ।

यदि यस्तो गैरकानूनी कार्यमा ईसेवा प्रयोग भएको जानकारी प्राप्त भएमा ग्राहक सेवा केन्द्रमा जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ ।