कीवर्डहरू -

फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने २ जनालाई डिसहोमको प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद

फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने २ जनालाई डिसहोमको प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद

डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तर्गत २०७७ साल जेष्ठ १६ गते देखि जेष्ठ २२ गते सम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न गरेको छ ।

योजनाअनुसार जेष्ठ २३ गते शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० बाट प्रसारण गरिएको थियो । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद प्राप्त गर्ने छन् ।

लाईभ लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यास आईडी नम्बर  ७१९०२८६६३०१ र ७१९०८९१८७०० लाई बिजेता घोषणा गरिएको छ । बिजेताहरुलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद प्रदान गरिने कम्पनीले बताएको छ ।

आउने लक्की ड्र आगामी जेष्ठ ३० गते शुक्रबार सोही च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गरिने छ । २०७७ साल जेष्ठ २३ गते शुक्रबार देखि जेष्ठ २९ गते बिहिबार सम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई जेष्ठ ३० गतेको लाईभ लक्की ड्रमा समावेश गरिने छ ।