कीवर्डहरू -

११ औं संस्करणको डिजिटल संवादमा \'विद्यालय शिक्षामा वैकल्पिक सिकाइ\'बारे अन्तरक्रिया हुदै

११ औं संस्करणको डिजिटल संवादमा \'विद्यालय शिक्षामा वैकल्पिक सिकाइ\'बारे अन्तरक्रिया हुदै

हरेक शनिवार आयोजना हुदै आएको डिजिटल संवादमा सूचना प्रविधिलाई विभिन्न क्षेत्रसँग जोडेर अन्तरक्रिया हुदै आएको छ । ११ औं संस्करणको डिजिटल संवाद कार्यक्रममा सामुदायिक विद्यालयहरुका विद्यार्थीहरुलाई वैकल्पिक सिकाई कसरी अघि बढाउन सकिन्छ भन्ने सन्दर्भमा छलफल  हुनेछ ।

शनिवार १ बजेदेखि अनलाइन अन्तर्गत जुममा आयोजना हुने कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ , सरोकारवाला , स्थानिय निकायका प्रतिनिधि तथा शिक्षकहरुको सहभागिता रहनेछ । विद्यालय स्तरको शिक्षामा वैकल्पिक सिकाइ र प्रविधि विषयमा आयोजना हुने कार्यक्रममा शिक्षा विभागका महानिर्देशक डा.तुलसी प्रसाद थपलिया स्रोत व्यत्तिको रुपमा हुनुहुन्छ ।

यसैगरी कार्यक्रममा सिकाइ समुहका प्रवन्ध निर्देशक सुदर्शन घिमिरे , ओएलइ नेपालका कार्यकारी निर्देशक रवि कर्माचार्य स्रोत व्यत्तिको रुपमा सहभागी हुनुहुनेछ । स्थानिय निकायको प्रतिनिधित्व गर्दै कार्यक्रममा बेलवारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भुपेन्द « प्रसाद कोइरालाको उपस्थिती रहनेछ भने विद्यालयबाट कन्चन गाँउपालिकामा रहेको गजेडी विद्यालयका प्राधानाध्यापक रेश्मा भुषाल वाग्ले स्रोत व्यत्तिको रुपमा रहनुहुनेछ ।

राष्ट्रिय शिक्षक संगठनको प्रतिनिधित्व गर्दै अध्यक्ष लक्ष्मण शर्मा कार्यक्रमको अर्का स्रोत व्यत्तिको रुपमा सहभागी हुनुहुनेछ । यस वाहेक पनि देशभरका शिक्षकहरु , स्थानिय निकायका प्रतिनिधि , सूचना प्रविधि तथा शिक्षालाई प्रविधिमैत्री बनाउन काम गरिरहेका दर्जनौ कम्पनिका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

सहभागी हुन यो लिंक ( http://tiny.cc/s6efpz ) मार्फत इच्छुकले रजिस्ट्रेसन गर्न सक्नेछन । रजिस्ट्रेसन पश्चात आयोजकले कार्यक्रमको विस्तृत जानकारी र मिटिङ आइडी तथा पासवर्ड उपलब्ध गराउनेछन ।

अबको शिक्षा कस्तो रहनेछ ? सरकारले विद्यार्थीलाई तत्काल वैकल्पिक प्रणालीबाट सिकाइ सुरु गरेको योजना अन्तर्गत कसरी काम भइरहेको छ ? स्थानिय निकाय , शिक्षक तथा प्राध्यापकहरु यसको लागि कतिको तयारी छन भन्ने विषयमा डिजिटल संवादको कार्यक्रममा छलफल हुनेछ । कार्यक्रममा इच्छुक जो कोहिले सहभागिता जनाउन सक्नेछन ।

सहभागी हुन यो लिंक ( http://tiny.cc/s6efpz ) मार्फत इच्छुकले रजिस्ट्रेसन गर्न सक्नेछन । रजिस्ट्रेसन पश्चात आयोजकले कार्यक्रमको विस्तृत जानकारी र मिटिङ आइडी तथा पासवर्ड उपलब्ध गराउनेछन । सहभागीलाई हरेक कार्यक्रमको बिस्तृत रिपोर्ट पनि इमेलमा उपलब्ध गराउने गरेको कार्यक्रमका संयोजक पूर्वमन्त्री गणेश शाहले बताउनुभयो। कोरोनासंगै प्रविधिलाइ जोडेर गर्न सकिने प्रयासहरुलाइ अघि बढाउदै छलफल र सचेतना मार्फत सरोकारवालालाई ध्यानाकर्षण गराउने कार्यक्रमको उदेश्य रहेको शाहले बताए ।

नेपालमा कोरोना संक्रमण देखिएसंगै गत चैतदेखि सुरु भएको लकडाउन(बन्दाबन्दी)को कारण विद्यालय गएर अध्ययन गर्ने अधिकांश सामुदायिक विद्यालयको पठनपाठन ठप्प छ र झण्डै ८० लाख विद्यार्थीहरु औपचारिक शिक्षाबाट बन्चित अवस्थामा छन । यहि अवस्थालाई मध्यनजर गर्दै शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि लागु हुनेगरी “वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजिकरण निर्देशिका २०७७” जारी गरेको छ ।

डिजिटल संवादको यस संस्करणका उद्देश्यहरु यस प्रकार रहेका छन्  :

  1. नेपालमा सामुदायिक विद्यालयका विद्यार्थीहरू माझ सिकाईको वैकल्पिक तरिकाहरू र उपयुक्त प्रविधिहरूको प्रयोगको समझ विस्तार गर्ने । (Broaden the understanding of alternative modes of learning and the use of appropriate technologies among community school students in Nepal.)

  2. बैकल्पिक सिकाइ अनुशरण गर्न सामुदायिक विद्यालयहरुको तत्परता स्थितिको आंकलन र मुल्यांकन गर्न । (Assess and evaluate the readiness status of the community schools in adapting to the alternative modes of learning. )

  3. स्थानीय, प्रादेशिक र संघीय स्तरमा प्रभावकारी रुपमा वैकल्पिक सिकाइ प्रणालीलाई लागु गर्ने बाताबरण बनाउन कार्य निर्देशिका तयार गर्ने । (Draw action items to implement an effective alternative learning environment at the local, provincial, and federal level.)

गत संस्करणको कार्यक्रम हेर्नुहोस :