कीवर्डहरू -

अनलाइनबाट एनसेलको नम्बरमा रिचार्ज गर्ने तरिकाको भिडियो बनाएर स्मार्टफोन जित्न सकिने 

अनलाइनबाट एनसेलको नम्बरमा रिचार्ज गर्ने तरिकाको भिडियो बनाएर स्मार्टफोन जित्न सकिने 

अनलाइनबाट एनसेलको नम्बरमा रिचार्ज गर्ने तरिकाहरुको भिडियो बनाएर उपहार जित्न सकिने भएको छ ।

उपहार जित्नको लागि जेठ २८ गतेसम्म भिडियो बनाई #RechargeOnline #CoronaMathiJeet ह्यास ट्याग सहित आफ्नो फेसबुक, टिकटक वा इन्स्टाग्राम अकाउन्टमा शेयर गर्नुपर्ने छ ।

त्यसपछि जेठ ३० गते कन्टेन्ट र क्रियटिभिटीको आधारमा टप १० भिडियोहरु छनौट हुनेछन् । जसले ३० दिनको लागि मान्य ५ जीबी डेटा प्राप्त गर्ने छन् ।

यी १० भिडियोबाट टप ३ भिडियोहरु एनसेलको फेसबुक पेजमा पोष्ट गरिने छ । पोष्ट गरेको भिडियोबाट सबैभन्दा बढी मन पराएको भिडियोले एउटा स्मार्टफोन जित्ने छ । जसको घोषणा असार १ गते हुनेछ ।

भिडियोको प्रतिलिपि अधिकार सहित भिडियो ९० सेकेण्ड भन्दा कमको हुनु पर्नेछ । भने ह्यास ट्याग सहित भिडियो पब्लिक रुपमा पोष्ट गर्नुपर्ने छ । यस बारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस ।