कीवर्डहरू -

 दर्ता नभएरै सञ्चालन भएका अनलाइन व्यवसाय कारबाहीमा 

 दर्ता नभएरै सञ्चालन भएका अनलाइन व्यवसाय कारबाहीमा 

उद्योग वाणीज्य तथा उपभोक्ता संरक्षण विभागले दर्ता नभएरै सञ्चालन भएका अनलाइन व्यवसायलाई कारबाही गर्न थालेको छ ।

उद्योग वाणीज्य तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार अनलाइन सम्बन्धी व्यवसाय दर्ताको प्रमाणपत्र देखाउन नसकेको भन्दै डेलिभर इन्कर्पोरेशनलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

त्यसैगरी विभागले टेलिटक नेपाललाई खरिद बिल देखाउन नसकेको भन्दै २० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

त्यस्तै विभागले  अनलाइन सम्बन्धी व्यवसाय दर्ताको प्रमाणपत्र देखाउन नसकेको भन्दै रैथाने एग्रो प्रडक्ट नेपाललाई पनि ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।