कीवर्डहरू -

प्रेमध्वजको टेक्नो लाइफस्टाइल 

प्रेमध्वजको टेक्नो लाइफस्टाइल 

उमेरले ८० वर्ष नाघिसक्यो । तर पनि वरिष्ठ गायक प्रेमध्वज प्रधानको गलाले साथ छाडेको छैन । वागबजारमा उनको घरमा भेट्न जा“दा ह“सिलो मुहार र युवाझैं फुर्तिलो रहेको उनको व्यवहारले हामीलाई अझ आकर्षित गरेको थियो । हातमा आइफोन फाइभ बोकेका उनी भन्दै थिए, ‘केही दिनअघि मात्र राष्ट्रिय गीत रेकर्ड गराएको छु, अझ केही गीत गर्नु छ ।’ 
२०१३ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको ‘यो नेपाली शिर उचाली संसारमा लम्कन्छ’ बोलको गीतले अहिले पनि हामीलाई स्वदेशको स्वाभिमानका खातिर उचाल्छ । घुम्तीमा नआऊ है, आ“खा तिमी जुधाऊ न... जस्ता कालजयी गीतले प्रधानलाई सधैं अमर बनाएको छ । रेडियो नेपालमा उनका सयौं गीत रेकर्ड भएका छन् । आधुनिक, चलचित्र र राष्ट्रिय गीत गरी उनका ५ भन्दा बढी गीत रेकर्ड छन् । नेवारी भाषा र भजनका गीत पनि उत्तिकै छन् । कलकत्ता र मुम्बईमा पनि धेरै गीत रेकर्ड गराए उनले । 

यो प्रविधिको परिवर्तनले उनलाई आश्चर्यमा पनि पार्छ । तर, स्वाभाविक पनि हो भन्ने ठान्छन् उनी यो विकासलाई । केही समयअघि छोराले दिएको आइप्याडमा गितारदेखि दर्जनौं बाजाको धुन सुन्छन् उनी ।


गायक प्रधानले मोबाइल बोकेको १२ वर्षभन्दा बढी भएछ । सबैभन्दा सुरुमा चलाएको सामसुङको फोल्डिङवाला मोबाइल देखाउ“दै उनले भने, ‘पहिले मोबाइलचाहि“ कुरा गर्न मात्र बोकिन्थ्यो, आजभोलिचाहि“ मोबाइलमा फेसबुक, भाइबरदेखि समाचार र भिडियो पनि हेरिन्छ ।’ यो प्रविधिको परिवर्तनले उनलाई आश्चर्यमा पनि पार्छ । तर, स्वाभाविक पनि हो भन्ने ठान्छन् उनी यो विकासलाई । केही समयअघि छोराले दिएको आइप्याडमा गितारदेखि दर्जनौं बाजाको धुन सुन्छन् उनी । चलचित्र हेर्नेदेखि फेसबुक चलाउन पनि आइप्याड नै प्रयोग गर्छन् प्रधान । 


करिब ७ वर्षअघि छोराले नै दिएको आइप्याडमा अहिले ८ हजार गीत राखेका छन् उनले । अंग्रेजी गीत पनि प्रशस्त सुन्छन् उनी त्यहा“ । घरमा ४ वर्षदेखि हाई स्पिड इन्टरनेट जोडेर केही हदसम्म यसको सदुपयोग गरेका गायक प्रधानको टेक्नो लाइफस्टाइल गज्जबकै छ । यो उमेरमा प्रविधिमा चासो उत्तिकै छ । 


अन्तरिक्ष र ग्रहहरूबारे इन्टरनेटमा खोजी खोजी हेर्छन् उनी । मोबाइल, ल्यापटप र आइप्याडले उनको दैनिकी सरल र सजिलो बनाएका छन् । उनी भन्छन्, ‘प्रविधिले मानिसको समय बचत गरेको छ र अझ ऊर्जाशील बनाएको छ, अनि म बुढो पनि कसरी यो बाट टाढा हुन सक्थे“ र ?’