कीवर्डहरू -

फेसबुकमा पुराना पोष्टलाई एकसाथ डिलिट वा हाइड गर्न सकिने, यस्तो छ तरिका  

फेसबुकमा पुराना पोष्टलाई एकसाथ डिलिट वा हाइड गर्न सकिने, यस्तो छ तरिका  

फेसबुकमा आफुले गरेका पोष्टहरु डिलिट वा हाइड गर्न सकिने भएको छ । जसको लागि फेसबुकले ‘म्यानेज एक्टिभिटी’ नामक नयाँ फिचरको सुरुवात गरेको छ ।

म्यानेज एक्टिभिटीको सहयोगले एक वा एक भन्दा बढी पोष्टहरु एकैपटक डिलिट वा हाइड गर्न सकिने छ । फेसबुकको यो सुविधा प्रयोग गर्न सबैभन्दा पहिले फेसबुक एपको लेटेस्ट भर्सन इन्स्टल गर्नुपर्ने हुन्छ ।

फेसबुक एपको लेटेस्ट भर्सन इन्स्टल गरेपछि आफ्नो फेसबुकको आफ्नो प्रोफाइलमा जानुहोस । आफ्नो प्रोफाइलमा गएपछि स्क्रोल डाउन गर्नुहोस । स्क्रोल डाउन गरेपछि ‘म्यानेज पोष्ट’ अप्सन देखिनेछ ।

त्यसपछि त्यहाँ भएको फिल्टर अप्सनबाट मिति वा कसले पोष्ट गरेको हो त्यसको आधारमा फिल्टर गर्न सकिनेछ । भने आफुलाई ट्याग गरिएका पोष्ट पनि देख्न सकिनेछ ।

त्यसपछि आफुले चाहेको पोष्टलाई छानेर हाइड वा डिलिट गर्न सकिनेछ । भने आफुलाई ट्याग गरिएका पोष्टलाई ट्यागबाट हटाउन वा हाइड गर्न सकिनेछ ।