कीवर्डहरू -

परिष्कृत फोनका फिचरहरु

परिष्कृत फोनका फिचरहरु


एनएफसी
एनएफसीको पूरा रुप नियर–फिल्ड कम्युनिकेसन हो । हालैका दिनमा प्राय सबै स्मार्टफोनहरुमा एनएफसीको प्रयोग हुनथालेको छ । एप्पलले आइफोन ६ र आइफोन ६ प्लसमा एनएफसी राखेको छ । एनएफसीले छोटो दूरीमा रहेका डिभाइसहरुबीच छिटो डाटा साट्न सक्ने क्षमता प्रदान गर्दछ त्यो पनि फोनहरुलाई एकैसाथ ट्याप गरेकै भरमा । यो गुगल वालेट र एप्पल पे जस्ता पेमेनट सिस्टममा आवश्यक छ । एनएफसीले फोटोहरु ट्रान्सफर गरेझै सुचनाहरुलाई पनि एक डिभाइसबाट अर्को डिभाइसमा ट्रान्सफर गराउछ ।


वायरलेस चार्जिङ
प्रविधिको विकाससगै बिनातार मोबाइल चार्ज गर्न सकिने उपकरणहरु पनि आएका छन् । स्मार्टफोन तथा ट्याबलेटहरुलाई चार्ज गर्न वायरलेस चार्जिङ प्याडहरु आएका छन् । यस्ता प्याडहरुमाथि फोन तथा ट्याबलेट राखेरमात्र चार्ज गर्न सकिन्छ । प्रोक्सी–टुडी मल्टी–डिभाइस रेजनन्ट सिस्टम यसको एउटा उदाहरण हो ।

\"\"

फिङ्गरप्रिन्ट स्क्यानिङ
एप्पलले फिङ्गरप्रिन्ट स्क्यानिङ गरेर फोनलाई अनलकिङ गर्ने फिचरबाट प्रसिद्धी हासिल गर्यो तर पछि समसुङ एस५ तथा नोट ४ जस्ता स्मार्टफोनहरुले पनि यसको प्रयोग गरे । अहिले मिडरेन्ज तथा सस्ता स्मार्टफोनहरुमा पनि फिङ्गरप्रिन्ट स्क्यानिङ लगायतका फिचरहरु समावेश भएका छन ।

ड्युल क्यामेरा
अहिलेका स्मार्टफोनहरुले प्रयोग गर्ने क्यामेरा सम्बन्धी अत्याधुनिक प्रविधि हो डूयल क्यामेरा । यस प्रविधि अन्तर्गत क्यामेरामा दुइवटा लेन्सको प्रयोग गरिएको हुन्छ । अहिलेका प्रायः फ्लागसिप स्मार्टफोनहरुमा डूयल क्यामेरा प्रयोग गर्ने गरेको पाइन्छ । यति मात्र होइन मोवाइल विकासकर्ताहरु डूअल क्यामेरायुक्त स्मार्टफोन निर्माणमा लागेको देखिन्छ । पछिल्ला संस्करणका हाइरेन्जका स्मार्टफोनहरुमा यो विशेषता भेटिन्छ ।


हर्ट–रेट मनिटर
साम्सुङ ग्यालेक्सी एस५ हर्ट–रेट मनिटर प्रयोग गर्ने पहिलो स्मार्टफोन हो । पछि नोट ४, नोट एज र ग्यालेक्सी अल्फाले पनि यो फिचरको प्रयोग गरेका छन् । पछिल्ला समयमा साम्सुङ तथा एप्पलले आङ्खना स्मार्टफोहरुलाई स्वास्थ्यको क्षेत्रमा  पनि उपयोगीहरु बनाउनेतर्फ अघि बढिरहेका छन् ।


कर्भड स्क्रिन
प्रयोगकर्तालाई नौलो र भिन्न अनुभूति गराउन घुमाउरा स्क्रिन भएका फोनहरु पछिल्लो समयमा आउन थालेका छन् । सामसुङ ग्यालेक्सी राउन्ड, एलजी जि प्लेक्स र सामसुङ ग्यालेक्सी नोट एज जस्टा स्मार्टफोनमा कर्भड स्क्रिनको प्रयोग भएको छ ।