कीवर्डहरू -

डिभीको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

डिभीको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

अमेरिकाले सन् २०१९ मा भरेको डिभि लोटरिको नतिजा सार्वजनिक गरेको छ । गत वर्ष खोलेको इडिभिको नतिजा अमेरिकाले सार्वजनिक गरेको हो ।

डिभि परेको वा नपरेको थाहा पाउनको लागि डिभी भर्दा पाएको कन्फर्मेसन नम्बर आवश्यक पर्नेछ ।

विगतका वर्षहरुमा मे महिनामा सार्वजनिक हुने डिभिको नतिजा यो वर्ष कोरोना भाइरस अर्थात कोभिड १९ को कारण नतिजा सार्वजनिकमा ढिलो भएको जनाइएको छ ।

डिभि नतिजा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस । त्यसपछि कन्फर्मेसन नम्बर राखि आवश्यक विवरण राखेर नतिजा हेर्न सकिनेछ ।