कीवर्डहरू -

क्रिप्टोकरेन्सी खुला गर्ने तर्फ अर्थमन्त्रीको चासो

क्रिप्टोकरेन्सी खुला गर्ने तर्फ अर्थमन्त्रीको चासो

नेपाल सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले क्रिप्टोकरेन्सी खुला गर्न चासो देखाएका छन् । नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्रीले क्रिप्टोकरेन्सी खुला गर्ने इच्छा देखाएका हुन् ।

खतिवडाले कोरोबारहरुमा भर्चुअल मुद्रा समेत प्रयोग गर्नुपर्ने बताए । अहिले नेपाल राष्ट्र बैंकले भर्चुअल मुद्राबाट कारोबार गर्न प्रतिबन्ध लगाएको छ । साथै उनले सूचना प्रविधिको प्रयोग गरी बजार नियमन गर्नुपर्ने आवश्यकता रहेको बताए ।