कीवर्डहरू -

सफ्टवेयर क्रान्तिमा जोडिएको मोफसलका दुइ युवाको सपना

यो ८ वर्षमा मोफसलबाट सफ्टवेयर उद्योगमा चालेको उनीहरुको पाइलाले सामान्य रुपमा एउटा क्रान्ति नै गरेको छ ।

सफ्टवेयर क्रान्तिमा जोडिएको मोफसलका दुइ युवाको सपना

सामान्य युवा जो प्रविधि, सफ्टवेयर र यसको प्रयोगमा चासो राख्दथे । पढाइका लागि ठूला युनिभर्सिटी र कलेज पनि धाएनन्, स्थानीयस्तरमा उपलब्ध भएको आइटी ट्रेनिङ कोर्समा नै ३ वर्ष लगाएरडिप्लोमा इन सफ्टवेयर इन्जिनियरिङ गरे । हो, यहीँबाट उनीहरुको पाइला मोडियो । नेपालको सफ्टवेयर क्षेत्रमा र आफ्नै ठाउँमा केही गर्ने अठोटसहित लागि परे, मेहनत गरे र आज सफलताको पाइला चालिरहेका छन् ।

वीरगञ्जका दीपक साह र सचिन साह, जो उनिहरु बच्चादेखिका नै साथी थिए । सँगै डिप्लोमा पढ्दै गर्दा उनीहरु मिलेर केही गर्ने अठोटसहित काम सुरु गरे । सजिलो त पक्कै थिएन, मोफसलबाट आइटीको काम ह्याण्डल गर्न । भर्खर इन्टरनेट विस्तार भइरहेको अवसरलाई सदुपयोग गरे । सिके र नयाँ आइडिया खोज्न थाले । यही उपाय र आइडिया स्वरुप जन्मियो डाइनामिक टेकनोसफ्ट प्रालि, जुन हाल डाइनामिक ग्रूपका विभिन्न ६ कम्पनीमध्येको पहिलो कम्पनी हो ।

सुरुमा चिनजानका कम्पनी तथा साथीभाइहरुबाटै कामहरु लिन थाले । विस्तारै अरुले पत्याउन थालेपछि बजारमा उनीहरुको माग बढ्न थाल्यो । वेबसाइट बनाउने कामबाट उनीहरुको करियर सुरु भयो । अहिले उनीहरुको आधा दर्जन आफ्नै ब्राण्डका सफ्टवेयरहरु बजारमा उपलब्ध छन् । ट्रेडिङ बिजनेश पनि गरिरहेका छन् । ठूला व्यावसायिक घराना, उद्योग, हस्पिटल र स्कुलहरुले उनीहरुले बनाएको सफ्टवेयर प्रयोग गरिरहेका छन् ।


काठमाण्डौको विश्व निकेतनदेखि तराईका सामान्य स्कुलमा समेत डाइनामिक इआरपी प्रयोगमा छ । अहिले केहि नगरपालिकाहरुले पनि डाइनामिक विद्यालय व्यवस्थापन तथा अनलाइन लर्निङ टुल्सको प्रयोग गरिरहेका छन । अहिले देशभर हरेक प्रदेश र जिल्लाहरुमा शाखा कार्यालय तथा पार्टनरसिपको अवधारणामा सफ्टवेयरको प्रयोग बढाइरहेका छन उनिहरुले ।


भनिन्छ नि, अहिलेको समयमा जब गर्ने नभएर जब क्रिएट गर्ने हुनुपर्छ । यही कुरालाई मूलमन्त्रका रुपमा लिएर दीपक र सचिनले आफ्नै ठाउँबाट केही गर्ने जोश– जाँगरले अघि बढे । फलस्वरुप अहिले उनीहरुको सफ्टवेयर कम्पनीमा ५० जनाभन्दा बढीले रोगजारी पाएका छन् भने डाइनामिक ग्रूपमा ११५ जनाभन्दा बढीले रोगजारी पाएका छन् । वीरगञ्जमा मात्र नभएर काठमाडौंको बबरमहलमा समेत केही वर्षदेखि अफिस सञ्चालन गरिरहेका छन् । हाल जापानमा कम्पनीको शाखा विस्तार गरी काम सुरु गरेका छन् ।

८ वर्षको बीचमा सयौं संघसस्था तथा स्कुलकलेजहरु डाइनामिकका नियमित ग्राहकहरु छन् । सफ्टवेयर बनाएर बेचेर मात्र हँुदैन, सपोर्ट र अपग्रेड निरन्तर चाहिन्छ भन्ने सोचेर नै उनीहरु आफ्नो सेवामा अब्बल ठहरिरहेका छन् । इमानदार भएर निरन्तर मेहनत गरेमा सफलता हात पर्छ भनेझंै भएको छ उनीहरुको जीवनमा । सुरुवाती दिनमा सफ्टवेयर भनेर समेत बुझाउन कठिन बजार अहिले यो आवश्यक्ताको विषय रहेछ भन्दै खोज्न थालेको छ । सफ्टवेयरमा ३०–४० रुपैयाँमा सीडीमा पाउने हो भनेर बुझेकाहरुलाई वर्षौंै मेहनत गरेर तयार पारेको इआरपी सफ्टवेयर प्रयोग गर्न लगाउनु कम चुनौती थिएन । नभन्दै केही प्रतिष्ठित संस्थाहरुले उनीहरुलाई पत्याएर सफ्टेयरहरु प्रयोग गरेपछि मार्केटिङ सजिलो बन्दै गयो ।

अहिले नेपाल सरकारका विभिन्न निकाय, दुगड ग्रूप, डावर नेपाल, गोदावरी ग्रूप, हुलास स्टिल, एशियन थाई फुड्स लगायत ठूला उद्योगले समेत डाइनामिकका सफ्टवेयर प्रयोग गरिरहेका छन् । विद्यालयलाई डिजिटलाइज गर्नुपर्छ भन्ने सोचले उनीहरुले धेरै समय र लगानी विद्यालयको सफ्टवेयरमा गरे । डाइनामिक एकेडेमिक इआरपी र यसको मोबाइल एप अहिले देशभरका आठ सय विद्यालयले प्रयोग गरिरहेका छन् । पछिल्लो आधुनिक समयमा सबै विशेषता र प्रयोग गरेर उनीहरुले बनाएको यो सफ्टवेयर
बजारका अन्य सफ्टवेयरभन्दा उत्कृष्ट रहेको दाबी गर्दछन् ।


काठमाण्डौको विश्व निकेतनदेखि तराईका सामान्य स्कुलमा समेत डाइनामिक इआरपी प्रयोगमा छ । अहिले केहि नगरपालिकाहरुले पनि डाइनामिक विद्यालय व्यवस्थापन तथा अनलाइन लर्निङ टुल्सको प्रयोग गरिरहेका छन । अहिले देशभर हरेक प्रदेश र जिल्लाहरुमा शाखा कार्यालय तथा पार्टनरसिपको अवधारणामा सफ्टवेयरको प्रयोग बढाइरहेका छन उनिहरुले ।

\"\"

घरको सामान्य कम्प्युटरबाट सुरु भएको उनीहरुको कम्पनीमा आज ५० जनाभन्दा बढीले रोजगारी र हजारौंले सफ्टवेयर सेवाबाट लाभान्वित बनेका छन् ।

जीवनमा ठक्कर नआएको होइन । तर, छोडेर विदेशी भूमिमा हराऊँ भन्ने सोच कल्यिै बनाएनन् उनीहरुले । सिक्दै, नयाँ प्रयोग गर्दै अघि बढिरहे । एक दिन समय आउँछ, मेहनत गरौं भनेर नै लागिपरेका दीपक र सचिन अहिलेको सफलताले हौसिएका पनि छैनन् । अझ जिम्मेवार भएर सेवा दिनुपर्ने कुरामा तल्लीन उनीहरु देशभर विस्तारको क्रममा लागिपरेका छन् ।

एक जना वीरगञ्ज र एकजना काठमाडौंबाट कम्पनी हेरिरहेका उनीहरुले निरन्तर सफ्टवेयरमा अपग्रेड र उत्कृष्ट सेवातर्फ ध्यान दिइरहेका छन् । घरको सामान्य कम्प्युटरबाट सुरु भएको उनीहरुको कम्पनीमा आज ५० जनाभन्दा बढीले रोजगारी र हजारौंले सफ्टवेयर सेवाबाट लाभान्वित बनेका छन् । डाइनामिकइआरपीसँगै हस्पिटल सफ्टवेयर, एकान्टिङ सफ्टवेयर, कम्प्लिट इन्टिग्रेटेड इआरपी लगायतका सफ्टवेयरहरु बजारमा उपलब्ध छन् ।

देशभर ४५ भन्दा बढी कम्पनी तथा व्यक्तिलाई डिलरसिप दिएका छन् । यो ८ वर्षमा मोफसलबाट सफ्टवेयर उद्योगमा चालेको उनीहरुको पाइलाले सामान्य रुपमा एउटा क्रान्ति नै गरेको छ । अहिले पनि अधिकांश काठमाडौंमा भेला हुने र अझ विदेशी भूमिमै भासिनेहरुका लागि उनीहरुको कथा रोचक र उत्प्रेरक छ । जहाँबाट काम गरे पनि सफलता हात पार्न मेहनत र इमानदार प्रयास आवश्यक छ भन्ने कुरा प्रमाणित गरेका छन् । उनीहरुको सफलता र संघर्ष आफ्नै कम्पनी डाइनामिक झंै भएको छ ।