कीवर्डहरू -

साओमीको रेडमी नोट नाइन प्रो फोन नेपालमा, यस्ता छन् फिचर

साओमीको रेडमी नोट नाइन प्रो फोन नेपालमा, यस्ता छन् फिचर

साओमीको रेडमी नोट नाइन प्रो स्मार्टफोन नेपालमा उपलब्ध भएको छ । यसमा ६.६७ इन्च डट डिस्प्ले सहित फुल एचडी प्लस रिसोलुसन रहेको छ ।

सुरक्षाको लागि कर्निङ गोरिल्ला ग्लास ५ प्रयोग गरिएको यसमा क्वालकमको स्न्याड्रयाग्न ७२० जी प्रोसेसर रहेको छ ।

यसमा ४८ मेगापिक्सेल प्राइमरी क्यामेरा सहित पछाडी चारवटा क्यामेरा उपलब्ध छन् । साथै साओमीको यो फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

६ जीबी र्‍याम र १२८ जीबी रोम रहेको यसमा अपरेटिङ सिस्टम एन्ड्रोइड १० प्रयोग गरिएको छ । फिंगरप्रिन्टको सुविधा रहेको रेडमी नोट नाइन प्रोमा फास्ट चार्जको फिचर सहित ५०२० एमएएचको ब्याट्री रहेको छ ।

नेपालमा रेडमी नोट नाइन प्रो को मूल्य २९ हजार ९९९ रुपैयाँ रहेको छ ।