कीवर्डहरू -

बिग डेटाको अनलाइन ट्रेनिङ सुरु, यसरी हुनुहोस सहभागी

बिग डेटाको अनलाइन ट्रेनिङ सुरु, यसरी हुनुहोस सहभागी

माउनटेक सोलुसनले आयोजना गरेको बिग डेटाको अनलाइन ट्रेनिङ आजबाट सुरु भएको छ । जेठ २६ गते देखि असार ८ गतेसम्म सञ्चालन हुने कार्यक्रम ४० घण्टाको हुनेछ ।

हरेक दिन यो अनलाइन ट्रेनिङ बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुनेछ ।

यस अनलाइन ट्रेनिङमा इन्जिनियर ज्ञानेश्वर बोहराले रिसोर्स पर्सनको भुमिका निर्वाह गर्ने छन् । बिग डेटा वर्कशपको शूल्क पर मोड्युल २ हजार ५ सय तोकिएको छ । यसमा २ ओटो मोड्युल रहेका छन् ।

बिग डेटा एक्सपर्ट बोहरा लिभिङ विथ आइसिटीको बरिष्ठ स्तम्भकार पनि हुन् । त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडलिस्ट समेत रहेका बोहोरा सरकारी सेवामा बिगत केहि बर्षदेखि इन्जिनियरको रुपमा कार्यरत छन् ।

बिग डेटा हडुप अनलाइन ट्रेनिङमा सहभागी हुनको लागि यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस । यस कार्यक्रममा सहभागी हुनेलाई प्रमाणपत्र समेत प्रदान गरिनेछ ।

\"\"