कीवर्डहरू -

प्रदेश १ सरकारले कोरोना संक्रमितलाई अनलाइनबाटै भर्ना गर्ने

प्रदेश १ सरकारले कोरोना संक्रमितलाई अनलाइनबाटै भर्ना गर्ने

प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको मोरङको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज स्थित कोरोना उपचार केन्द्रमा अनलाइनबाटै कोरोना भाइरस संक्रमितलाई अस्पतालमा भर्ना गरिने भएको छ ।

कोरोना संक्रमित अस्पतालमा आएर भर्ना हुन समय लाग्ने भएकाले प्रदेश १ सरकारले अनलाइनबाटै अस्पताल भर्ना भएर बेड बुक गर्न सक्ने व्यवस्था गरेको हो ।

अनलाइन भर्नाको लागि पुर्वाञ्चल विश्वविद्यालयको मेडिकल टिम, नेपाली सेना तथा सामाजिक विकास मन्त्रालयको व्यवस्थापन टिम तयार गरिएको छ ।

मोरङको सुन्दरहरैचामा प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा इन्टरनेटको समेत व्यवस्था गरिएको छ ।