कीवर्डहरू -

आईटी रोजगारीलाई लक्षित गरी आयोजना गरिएको भर्चुअल जब मेला सम्पन्न

आईटी रोजगारीलाई लक्षित गरी आयोजना गरिएको भर्चुअल जब मेला सम्पन्न

आईटी रोजगारीलाई लक्षित गरी आयोजना गरिएको भर्चुअल जब मेला सम्पन्न भएको छ । जब्स डायनामिक्स, जेनेश क्लाउड एकेडेमी र गर्ल्स इन टेक नेपालको सहकार्यमा गत जुन १ मा भर्चुअल जब मेलाको आयोजना भएको थियो ।

कोरोना महामारीको समयमा नयाँ रोजगारीको खोजिमा रहेकाहरु र रोजगारदातालाई एकै ठाउँमा ल्याउनको लागि भर्चुअल जब मेलाको आयोजना भएको हो ।

३० भन्दा धेरै कम्पनीहरु सहभागी उक्त भर्चुअल जब मेलामा रोजगारीको लागि ५०० भन्दा बढीको आवेदन परेको थियो ।