कीवर्डहरू -

नेपालको पहिलो पँहुचयुक्त र समावेशी ई-लर्निङ प्लेटफर्म लर्निङ ईन्क्लुजन सञ्चालनमा आउदै

नेपालको पहिलो पँहुचयुक्त र समावेशी ई-लर्निङ प्लेटफर्म लर्निङ ईन्क्लुजन सञ्चालनमा आउदै

नेपालको पहिलो पँहुचयुक्त र समावेशी ई-लर्निङ प्लेटफर्म लर्निङ ईन्क्लुजन सञ्चालनमा आउने भएको छ । मंगलबार देखि लर्निङ ईन्क्लुजन सञ्चालनमा आउने भएको छ ।

समावेशीता र विविधता सम्बन्धी सेवा प्रदान गर्ने परामर्शदाता कम्पनी डाईभर्स प्याट्रर्न्सले विकास गरेको लर्निङ ईन्क्लुजनको मंगलबार वेबसाइटको विमोचन हुनेछ ।

वेबसाइटको विमोचन भए पश्चात पहिलो निःशुल्क अनलाईन कोर्स : सबैको लागि पहुँचयुक्त डिजिटल डकुमेन्ट्स कसरी बनाउने ? उपलब्ध हुने कम्पनीले बताएको छ ।

यसको लागि डाईभर्स प्याट्रर्न्सले ईन्टरनेशनल डेभलपमेन्ट ईन्स्टिच्युट सँग पनि साझेदार गरेको छ । ईन्टरनेशनल डेभलपमेन्ट ईन्स्टिच्युट अमेरिका स्थित वासिङटन डिसीमा रहेको अग्रणी प्रशिक्षण र क्षमता विकास सम्बन्धी सेवा प्रदान गर्ने कम्पनी हो ।