कीवर्डहरू -

कोरोनासँग लड्न प्रविधि विकास गर्नेलाई नास्टले १० लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने

कोरोनासँग लड्न प्रविधि विकास गर्नेलाई नास्टले १० लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कोरोना भाइरस र त्यसले ल्याएका समस्यासँग जुध्नका लागि आवश्यक पर्ने प्रविधि विकास गर्न वा विद्यमान प्रविधिहरुलाई सुधार गर्दे नविनतम प्रविधि विकास गर्नेलाई अनुदान उपलब्ध गराउने भएको छ ।

नास्टले गोरखापत्रमा सूचना प्रकाशित गर्दै कोभिड १९ अर्थात कोरोना भाइरस  र त्यसले ल्याएका समस्यासँग जुध्न प्रविधि विकास गर्ने वा विद्यमान प्रविधिहरुलाई सुधार गर्दे नविनतम प्रविधि विकास गर्नेलाई अधिकतम १० लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने जानकारी दिएको हो ।

\"\"

नास्टले स्वास्थ्य प्रविधि तथा यान्त्रिकीकरण तथा औषधी निर्माण वा भ्याक्सीन विकास, कृषि प्रविधि तथा यान्त्रिकीकरण, जैविक तथा खाद्य प्रविधि, सूचना प्रविधि, संक्रमणकालिन पूर्व तयारी प्रविधि, स्वास्थ्य एवं कृषि र वातावरण क्षेत्रको उदयमान प्रविधिहरुमा अनुदान उपलब्ध गराउने छ ।

यी क्षेत्रहरुमा विद्यमान समस्याहरुको समाधान गर्ने खालका प्रविधि विकासको लागि नास्टले प्रस्ताव आह्वान गरेको छ ।

आफुले गर्न सक्ने परियोजनाको प्रस्तावमा अविधि समेत खोली १५ दिनभित्र [email protected] इमेल वा नास्टको ठेगानामा पठाई कार्यालयमा दर्ता गराउन सकिने छ ।

प्रस्तावको मूल्याङकनको आधारमा छनौट गरिएका प्रति प्रस्तावलाई दशलाख रुपैयाँसम्म अनुदान दिइनेछ । भने यस कार्यक्रममा सहभागी हुन् शैक्षिक योग्यताको कुनै बन्देज रहेको छैन् ।

यसबारे यहाँ क्लिक गरी थप जानकारी लिन सकिने छ ।