गत चैतदेखि नेपालमा कोरोना संक्रमण देखिएपश्चात् नै सुरु भएको लकडाउनको कारण विद्यालय गएर अध्ययन गर्ने ८० लाखभन्दा बढी विद्यार्थीहरू शिक्षाविहीन अवस्थामा छन् । शहरी क्षेत्र तथा पहँुच भएका केही निजी विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरिरहेको भए पनि अधिकांश सामुदायिक विद्यालयको पठनपाठन ठप्प छ । यही अवस्थालाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि लागू हुनेगरी “वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरेको छ ।
विद्यार्थीको सिकाइमा आउने क्षति, डिजिटल बढ्ने सम्भावनाहरूलाई हेर्दै अहिले अवस्था हेरेर विभिन्न ५ प्रकारका माध्यमबाट सिकाइ निरन्तर सुचारु गर्ने प्रयास सरकारले गरेको थपलियाले बताए ।
सिकाइ सहजीकरण निर्देशिका आएपछि संघीय सरकार, स्थानीय निकाय र विद्यालयहरू केही सक्रिय हुन थालेका छन् । शनिवार डिजिटल संवाद कार्यक्रममा कुरा गर्दै सरोकारवालाहरूले यो अवस्थामा सिकाइलाई प्रभावकारी बनाउन स्थानीय निकायको भूमिका महत्वपूर्ण हुने बताए । शिक्षा विभागका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले विभिन्न निकाय, विज्ञहरूको छलफलबाट निर्देशिका आएको भन्दै अब यसलाई लगू गर्न स्थानीय निकाय र विद्यालयहरूको भूमिकामा जोड दिए । विद्यार्थीको सिकाइमा आउने क्षति, डिजिटल बढ्ने सम्भावनाहरूलाई हेर्दै अहिले अवस्था हेरेर विभिन्न ५ प्रकारका माध्यमबाट सिकाइ निरन्तर सुचारु गर्ने प्रयास सरकारले गरेको थपलियाले बताए ।
कोभिड–१९ वा यस्तै प्रकारको विपद् वा महामारी जस्ता कारणले नियमित पठनपाठन गर्न कठिन भएको वा हुन सक्ने अवस्थामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन, परियोजना पाठहरू, स्वअध्ययन, दूर तथा खुला शिक्षालगायतका वैकल्पिक माध्यम वा पद्धतिबाट अध्ययन, अध्यापन सुचारु राख्ने विधि र प्रक्रियाबाट वैकल्पिक सिकाइ अवलम्बन गर्न सकिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकामा उल्लेख छ ।
डिजिटल संवाद कार्यक्रममा बोल्दै सिकाइ समूहका प्रवन्ध सम्पादक सुदर्शन घिमिरेले विद्यार्थीलाई रुचि अनुसार सिकाइ अघि बढाउनुपर्नेमा जोड दिए । अहिलेको अवस्थामा शिक्षकमार्फत अभिभावकलाई बढी सक्रिय गराएर सिकाइ प्रक्रिया अघि बढाउनुपर्ने बताउँदै घिमिरेले अब नलेज डिपोजिट नभई नलेज कन्स्ट्रक्ट गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा स्रोत व्यक्तिको रूपमा बोल्दै राष्ट्रिय शिक्षक संघठनका अध्यक्ष लक्ष्मण शर्माले ‘शिक्षकहरू सुतिरहेका छैनन्, आवश्यक पर्दा जस्तो अवस्थामा पनि तयार हुन्छन् । तर हामीसँग सिकाई गर्न उपयुक्त डिजिटल कन्टेन्ट र कनेक्टिभिटी खै ?’ शर्माले सरकारले सरकारी विद्यालयमा क्वारेन्टाइन बनाउने तर निजी विद्यालय चाहिँ खुला गर्न दिए दुर्घटना निम्तिन्छ ।
विद्यालय स्तरको शिक्षामा वैकल्पिक सिकाइ र प्रविधि विषयको कार्यक्रममा हरेक प्रदेशबाट प्रधानाध्यापक, शिक्षक, स्थानीय निकायका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रममा स्रोत व्यक्तिको रूपमा बोल्दै राष्ट्रिय शिक्षक संघठनका अध्यक्ष लक्ष्मण शर्माले अहिलेको अवस्थामा शिक्षकहरू विद्यार्थीहरूको सिकाइमा निरन्तरता दिन तयार रहेको बताए । उनले भने, ‘शिक्षकहरू सुतिरहेका छैनन्, आवश्यक पर्दा जस्तो अवस्थामा पनि तयार हुन्छन् । तर हामीसँग सिकाई गर्न उपयुक्त डिजिटल कन्टेन्ट र कनेक्टिभिटी खै ?’ शर्माले सरकारले सरकारी विद्यालयमा क्वारेन्टाइन बनाउने तर निजी विद्यालय चाहिँ खुला गर्न दिए दुर्घटना निम्तने भन्दै प्रविधि र डिजिटल कन्टेन्टको विस्तारमा सहकार्य गर्न सरोकारवालाई आग्रह गरे ।
एक सय पचास जना बढीको सहभागिता रहेको अनलाइन छलफलमा स्थानीय निकायको प्रतिनिधित्व गर्दै बेलवारी नगरपालिका मोरङका शिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसाद कोइरालाले बैकल्पिक माध्यमबाट सिकाइ अघि बढाउन लागिपरेको बताए । अहिलेको परिस्थितिमा स्थानीय निकायको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले प्रविधिको पहुँच भएकाहरूलाई डिजिटल कन्टेन्ट उपलब्ध गराउने र पहुँच बाहिर रहेकाहरूलाई पुस्तक, रेडियो र अभिभावक मार्फत पनि विद्यार्थीको सिकाइको अधिकार सुनिश्चित गर्ने बताए ।
कार्यक्रममा जगेडी गाउँपालिका रूपन्देहीका प्राचार्य रेश्मा भुसाल वाग्लेले अहिलेको अवस्थामा शिक्षा निरन्तरता दिन संघ, स्थानीय निकाय र विद्यालयको सहकार्य हुनुपर्ने बताइन् । शिक्षकलाई मनोवल बढाउँदै तालिमहरू प्रदान गरी सिकाइ देशैभरि अनिवार्य गर्न सकेमा मात्र प्रभावकारी हुने वाग्लेको धारणा थियो । यसैगरी ओएलई नेपालका प्रबन्ध निर्देशक रवि कर्माचार्यले प्रविधि एक माध्यम मात्र भएको र सिकाइसँग अनुभव जोड्नुपर्ने बताए । अहिले टेलिकम सेवा प्रदायकले सिकाइको लागि निःशुल्क र न्यून शुल्कमा डेटा तथा इन्टरनेट प्याकेजहरू दिनुपर्ने कर्माचार्यको भनाइ थियो ।
शनिवार १ बजे जुममार्फत सञ्चालित कार्यक्रमको अध्यक्षता गर्र्दै पूर्वमन्त्री गणेश शाहले अब शिक्षामा रूपान्तरण आवश्यक रहेको भन्दै यसलाई व्यावहारिक बनाउदै जानुपर्ने बताए । सरकारले लगानी बढाउदै विद्यार्थीलाई कम शुल्कमा प्रविधिमैत्री गुणस्तरीय शिक्षा दिनुपर्नेमा शाहको जोड थियो । प्रविधि पत्रकार मञ्चका पूर्वअध्यक्ष सरु ढकालले अलिहेको परिस्थितिले हामीलाई हरेक क्षेत्रमा प्रविधिसँग जोडिनुपर्ने आवश्यकता महसूस गराएको भन्दै अबको समयमा डिजिटल शिक्षा प्रणलीको विकास गर्नुपर्नेमा जोड दिइन ।
कार्यक्रमको भिडियो हेर्नुहोस :