कीवर्डहरू -

नेपालको पहिलो पँहुचयुक्त र समावेशी ई-लर्निङ प्लेटफर्म लर्निङ ईन्क्लुजन सञ्चालनमा

नेपालको पहिलो पँहुचयुक्त र समावेशी ई-लर्निङ प्लेटफर्म लर्निङ ईन्क्लुजन सञ्चालनमा

नेपालको पहिलो पँहुचयुक्त र समावेशी ई-लर्निङ प्लेटफर्म लर्निङ ईन्क्लुजन सञ्चालनमा आएको छ । मंगलबार भर्चुअल कार्यक्रमबाट लर्निङ ईन्क्लुजनको औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

डाईभर्स प्याट्रर्न्सले विकास गरेको लर्निङ ईन्क्लुजन एक समावेशी अनलाइन प्लेटफर्म हो । यसले समावेशीकरण र पहुँचयुक्तताका विषयमा विभिन्न कोर्सको विकास तथा प्रसारण गर्ने कम्पनीले बताएको छ ।

त्यस्तै यस प्लेटफर्मको विकास गर्न अस्ट्रेलिया अवार्ड्स नेपालबाट आर्थिक सहयोग प्राप्त भएको थियो ।

‘मानवीय विविधता सदैव रहिरहने भएकाले हरेक व्यक्तीको व्यक्तिगत तथा व्यवसायिक जीवनमा समावेशिता सम्बन्धी ज्ञान र सिप अपरिहार्य हुने,’ लर्निङ इन्क्लुजन प्लेटफर्मका प्रवर्तक सागर प्रसाईँ भन्छन्, ‘यस समावेशी लर्निङ प्लेटफर्मले अपाङ्गता भएका तथा नभएका सबै व्यक्तीहरूलाई समावेशिताको सवालमा सबल र सक्षम बनाउन मद्दत गर्नेछ’ ।

यस लर्निङ इन्क्लुजनमा समावेश हुने कोर्सहरूले समावेशीता र पहुँचयुक्तता जस्ता विषयहरूमा आफ्नो ज्ञान र सिप हासिल र अभिवृद्धि गर्न चाहने जो कोहिलाई पनि ठूलो मद्दत गर्ने उनले बताए ।

‘लर्निङ इन्क्लुजनमा उपलब्ध हुने कोर्सहरू डिजिटल पहुँचयुक्त सम्बन्धी ज्ञान तथा सिप अभिवृद्धी गर्ने एक प्रविधि प्रयोगको महत्वपूर्ण उपलब्धी भएको इन्टरनेशनल डेभल्पमेन्ट इन्स्टिच्युटका कार्यकारी निर्देशक सुमन तिमिल्सिना बताउछन्, ‘यस प्लेफर्मले मानवीय विविधतालाई सम्बोधन गर्नुका साथै समावेशिताको औचित्यलाई बुझ्न निकै मद्दत गर्नेछ’ ।

यस प्लेटफर्ममा हाल ‘सबैको लागि पहुँचयुक्त डकुमेन्ट्स कसरी बनाउने’ भन्ने कोर्ष निशुल्क उपलब्ध रहेको छ ।

यसको लागि डाईभर्स प्याट्रर्न्सले ईन्टरनेशनल डेभलपमेन्ट ईन्स्टिच्युट सँग पनि साझेदार गरेको छ । ईन्टरनेशनल डेभलपमेन्ट ईन्स्टिच्युट अमेरिकाको वासिङटन डिसीमा अवस्थित एक लर्निङ इन्स्टिच्युट हो ।

लर्निङ इन्क्लुजनका विशेषताहरू
•    Web Contents Accessibility Guideline (WCAG) लाई आधार बनाएर पहुँचयुक्त विषयहरू तयार गरिएको
•     विषयवस्तू नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध रहेको
•    विषयवस्तूको text र भिडियो दुवै उपलब्ध रहेको,
•    भिडियोमा नेपाली सांकेतिक भाषाका साथै नेपाली र अङग्रेजी क्याप्सन उपलब्ध रहेको
•    स्थानीय र विश्वव्यापी दुवै पृष्ठभूमीलाई आधार बनाएर सान्दर्भीक विषयवस्तु तयार पारिएको
•    कोर्स सम्पन्न गरेपश्चात प्रमाणपत्रको व्यवस्था रहेको