कीवर्डहरू -

नेपालमै स्वाब निकाल्ने सुइरो बनाउदै राष्ट्रिय आविस्कार केन्द्र

नेपालमै स्वाब निकाल्ने सुइरो बनाउदै राष्ट्रिय आविस्कार केन्द्र

राष्ट्रिय आविस्कार केन्द्रले नेपालमै स्वाब निकाल्ने सुइरो बनाउने भएको छ । केन्द्रले कोरोना भाइरस परीक्षणको लागि आवश्यक पर्ने स्वाब संकलनको लागि प्रयोग गरिने सुइरो नेपालमै बनाउने भएको हो ।

राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाबिर पुनले स्वाब निकाल्ने सुइरो बनाउने थ्रिडी प्रिन्टर नेपाल एयरलाइन्सबाट काठमाडौं आइपुगेको बताएका छन् । थ्रिडी प्रिन्टरको मूल्य करिब १४ लाख रुपैयाँ परेको पनि पुनले जानकारी दिएका छन् ।

\"\"

स्वाब निकाल्ने सुइरो बनाउनको लागि आवश्यक पर्ने मेसिन खरिदको लागि गैर आवासिय नेपाली संघ (एनआरएनए), एमआरआर जापान तथा अन्य दाताहरुले करिब २१ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

थ्रिडी प्रिन्टर खरिद गरेर बाँकी रहेको रकमबाट अन्य सामग्रीहरु पनि खरिद गर्न सकिएको पुन जानकारी दिएका छन् ।

\"\"

उनले स्वाब संकलन गर्ने सुइरो बनेपछि सबैभन्दा पहिले स्वास्थ्य मन्त्रालयमा लगेर प्रमाणीकरण गरिने र त्यसपछि सुइराहरु बनाएर स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिने बताएका छन् ।