कीवर्डहरू -

अनलाइनमार्फत विदेशबाट घर फर्कन चाहने र फर्किएका प्रदेश बासीहरुको सूचना संकलन गर्दै प्रदेश १ 

अनलाइनमार्फत विदेशबाट घर फर्कन चाहने र फर्किएका प्रदेश बासीहरुको सूचना संकलन गर्दै प्रदेश १ 

प्रदेश नम्बर १ सरकारले विदेशबाट घर फर्कन चाहने र फर्किएका प्रदेश बासिहरुको सूचना संकलन गर्न अनलाइन सर्वेक्षण फारामको सुरुवात गरेको छ ।

प्रदेश योजना आयोगले कोरोना भाइरसले उत्पन्न भएको विषम परिस्थितिका कारण विदेशबाट घर फर्कन चाहने र फर्किएका प्रदेश १ बासीहरुको सूचना संकलन गर्न सर्वेक्षण प्रणालीको सुरुवात गरेको हो ।

गत जेठ ५ गते बसेको मन्त्रिपरिषद बैठकले विदेशमा रहेका प्रदेश नम्बर १ का नागरिकहरुको अनलाइन सर्वेक्षण मार्फत सूचना संकलन गर्ने निर्णय गरेको थियो ।

विदेशबाट घर फर्कन चाहने र फर्किएका प्रदेश १ बासिहरुले https://helpline.p1.gov.np/ वेबसाइटमा गएर आफ्नो विवरण भर्न सक्ने छन् ।