कीवर्डहरू -

विरगञ्ज महानगरपालिकाको कोरोना उपचार कोषमा क्यान महासंघ पर्साको आर्थिक सहयोग 

विरगञ्ज महानगरपालिकाको कोरोना उपचार कोषमा क्यान महासंघ पर्साको आर्थिक सहयोग 

क्यान महासंघ पर्साले विरगञ्ज महानगरपालिकाको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहयोग गरेको छ ।

बुधबार क्यान महासंघ पर्साले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको कोरोना कोषमा ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

क्यान महासंघ पर्साका अध्यक्ष दिपक शाहको नेतृत्वमा गएको टोलिले विरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावागीलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

कोरोना भाइरस नियन्त्रण गर्नको लागि पीसीआर मेसिन तथा भिटिएम लगायत अन्य आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न सहयोग पुर्‍याउने उदेश्यले  क्यान महासंघ पर्साले आर्थिक सहयोग गरेको हो ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा क्यान महासंघ प्रदेश २ का अध्यक्ष आलोक कुमार चौरसिया, जिल्ला उपाध्यक्ष प्रशान्त कुमार, जीवन प्रसाद गुप्ता जीवन प्रकाश गुप्ता, सह सचिव गणेश सर्राफ, कोषाध्यक्ष सञ्ज्य सक्सेना, सदस्यहरू अर्जुन कुमार अधिकारी, आँशु सर्राफलगायतको उपस्थिति रहेको थियो ।