कीवर्डहरू -

कोरोना संकटमा एनसीएचएलको दुई करोड ९१ लाख २० हजारभन्दा बढी सहयोग तथा छुट

कोरोना संकटमा एनसीएचएलको दुई करोड ९१ लाख २० हजारभन्दा बढी सहयोग तथा छुट

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले हालको कोरोना महामारीको स्थितिमा नेपाल सरकार, बैङ्किङ क्षेत्र र सर्वसाधारणलाई दुई करोड ९१ लाख २० हजारभन्दा बढी सहयोग गरेको छ ।

एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरूमा लाग्ने कारोबार शुल्क मिनाहा गरेर, आफ्नो प्ल्याटफर्ममार्फत क्राउड फन्डिङ गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पुर्‍याएको हो ।


कोभिड–१९ को वर्तमान अवस्थामा डिजिटल भुक्तानीलाई प्रश्रय दिने उद्देश्यका साथ एनसीएचएलले एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आईपीएस, एनपीई र कनेक्ट आरटीजीएस सेवाहरू प्रवाह गर्दै आएकोमा लकडाउन सुरू भएदेखि नै यी सम्पूर्ण भुक्तानी सेवामा लाग्ने कारोबार शुल्कहरू मिनाहा गर्दै आइरहेको छ । यसरी कारोबार शुल्क मिनाहाबाट एनसीएचएलले दुई करोड ३४ लाख ९ हजार २४३ रुपैयाँभन्दा बढीको प्रत्यक्ष योगदान गरेको छ ।

कनेक्ट आईपीएस प्रणालीमा ‘डोनेटफर कज’का रुपमा समावेश गरी सोबाट हालसम्म नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण र उपचार कोषका लागि ४० लाख १९ हजार ४४८ रुपैयाँ संकलन गर्न सहयोग गरेको छ । यसका साथै एनसीएचएलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारको कारोना उपचार कोषमा १७ लाख रुपैयाँ सहयोग गरेको छ, जसमध्ये १० लाख केन्द्रीय सरकारको कोरोना उपचार कोषमा र सातै प्रदेशको कोषमा १/१ लाख सहयोग प्रदान गरेको छ ।