कीवर्डहरू -

दूरसञ्चार विकास कोष परिचालन गरी संचालित ब्रोडब्याण्ड इन्टरनेट सुचारू राख्न प्राधिकरणको अनुरोध

दूरसञ्चार विकास कोष परिचालन गरी संचालित ब्रोडब्याण्ड इन्टरनेट सुचारू राख्न प्राधिकरणको अनुरोध

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी स्थानिय निकायहरुमा सञ्चालन गरिएको ब्रोडब्याण्ड इन्टरनेट सेवा सुचारु गराई राख्न सेवा प्रदायकलाई अनुरोध गरेको छ ।

ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी स्थानीय निकाय, स्वास्थ्य संस्था तथा सामुदायिक माध्यामिक विद्यालयहरुमा पुर्‍याएको ब्रोडब्याण्ड इन्टरनेट सेवा सुचारु गराई राख्न सेवा प्रदायकलाई प्राधिकरणले अनुरोध गरेको हो ।

एक सूचना सार्वजनिक गर्दै प्राधिकरणले स्थानीय निकाय, स्वास्थ्य संस्था तथा सामुदायिक माध्यामिक विद्यालयहरुमा सेवा सञ्चालन नभएको भए प्राधिकरणमा जानकारी गराउन समेत अनुरोध गरेको छ ।

‘ब्रोडव्याण्ड इन्टरनेट सेवा पुर्‍याउने क्रममा ४१ जिल्लाहरुमा शतप्रतिशत काम भइसकेको र ८ जिल्लामा ५० प्रतिशत काम सम्पन्न भइसकेको छ’ प्राधिकरणले जारी गरिएको सूचनामा भनिएको छ, ‘ बाँकी जिल्लाहरुमा पनि लकडाउन खुलेपछि जडानको कार्य अगाडी बढाइने छ’ ।

‘साथै कोभिड १९ रोगको महामारीका कारण विभिन्न स्थानिय निकायहरुमा रहेका बिद्यालय भवनहरु क्वारेन्टिनका लागि प्रयोग भएका तथा स्थानिय निकायहरु र स्वास्थ्य निकायहरुलाई सूचना आदान प्रदान गर्न ईन्टरनेट सेवा आवश्यक हुने भएकाले सेवा सुचारु गराई राख्नुहुन सम्बन्धित सेवा प्रदायकहरुलाई अनुरोध छ, प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ ।