कीवर्डहरू -

नेपाली बजारमा शाओमीको रेडमी नोट नाइन प्रो, यस्ता छन् बिशेषता

नेपाली बजारमा शाओमीको रेडमी नोट नाइन प्रो, यस्ता छन् बिशेषता

साओमीको रेडमी नोट नाइन प्रो स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । साओमीले हालै मात्र नेपालमै पहिलो पटक फाइभजी कनेक्टिभिटी भएको एमआई १० फोन सार्वजनिक गरेको थियो ।

नेपालमै नम्बार वान स्मार्टफोन ब्राण्ड बन्न सफल साओमीले अनलाइन मार्फत एमआई १० सँगै एमआई नोट १० लाइट  फोन पनि सार्वजनिक गरेको थियो ।

रेडमी नोट ९ प्रो ले यस सेगमेन्टमा अत्याधुनिक प्रदर्शन र परिष्कृत क्यामेरा अनुभव ल्याउँदै रेडमी नोट सिरिजको विरासतलाई अगाडि बढाएको साओमीको भनाई छ ।

‘रेडमी नोट सिरिज सबैका लागि आविष्कारको प्रेरक बनेको छ । रेडमी नोट ८ सिरिजले रेडमी नोटको विरासतलाई निरन्तरता दिदै नयाँ बेन्चमार्क कायम गरेर सबैभन्दा बढी खोजिने सिरिजको रूपमा विकसित भएको छ,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘सन् २०१९ मा रेडमी नोट ८ विश्वव्यापी नम्बर १ एन्ड्रोइड स्मार्टफोन बनेको छ ।

हामी विशेष गरी रेडमी नोट ९ प्रो को लागि उत्साहित छौं, जुन वास्तवमै मी फ्यानका लागि निर्माण गरिएको हो । हामी आशा गर्दछौं कि उनीहरूले यो औरा ब्यालेन्स डिजाइन, विशाल ब्याट्री र क्वाड क्यामेरा सेट अपको उत्कृष्ट संयोजनलाई मन पराएर  निरन्तर उत्कृष्ट विशेषताका साथ उच्च गुणस्तर र सुलभ मुल्यमा नविन प्रविधि भित्र्याउने हाम्रो प्रयासको प्रशंसा गर्नेछन् उनले भने’ ।

रेडमी नोट नाइन प्रोका विशेषताहरु

यसमा ६.६७ इन्च डट डिस्प्ले सहित फुल एचडी प्लस रिसोलुसन रहेको छ । गुणस्तरमा उच्च प्राथमिकताका साथ, रेडमी नोट ९ प्रो सिरिजको अगाडि, पछाडि र रियर क्यामेरा लेन्सहरूमा ट्रिपल कर्निंग गोरिला ग्लास ५ प्रयोग गरिएको छ ।

यसमा ४८ मेगापिक्सेल प्राइमरी क्यामेरा सहित पछाडी चारवटा क्यामेरा उपलब्ध छन् । यसले कम प्रकाश जस्ता कठिन अवस्थामा अझ राम्रो फोटोहरु खिच्न सक्षम पार्दछ । साथै साओमीको यो फोनमा १६ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

यो फोन यसको मूल्य खण्डको सबैभन्दा प्रतिस्पर्धी स्मार्टफोन हो जसमा आधुनिक क्वालकम स्न्यापड्रयाग्न ७२० जी प्रोसेसर  रहेको छ ।

८ एनएम प्रोसेस टेक्नोलोजीले यसलाई अन्य १२ एनएम चिपसेटहरूको तुलनामा स्थिर अधिकतम प्रदर्शनको लागि १-१.५ डिग्री कूलर चलाउन सक्षम राख्दछ । फोनले न्याभइक पनि समर्थन गर्दछ ।

६ जीबी र्‍याम र १२८ जीबी रोम रहेको यसमा अपरेटिङ सिस्टम एन्ड्रोइड १० प्रयोग गरिएको छ । फिंगरप्रिन्टको सुविधा रहेको रेडमी नोट नाइन प्रोमा फास्ट चार्जको फिचर सहित ५०२० एमएएचको ब्याट्री रहेको छ ।

नेपालमा रेडमी नोट नाइन प्रो को मूल्य २९ हजार ९९९ रुपैयाँ रहेको छ । यो फोन छिट्टै अफलाइन स्टोर, रिटेल पार्टनर र अनलाइन पार्टनरमा उपलब्ध हुनेछ ।