कीवर्डहरू -

प्युजो ईभी पूर्व बजेट मूल्यमै उपलब्ध हुने

प्युजो ईभी पूर्व बजेट मूल्यमै उपलब्ध हुने

प्युजो ग्रुपको पहिलो ईभी प्युजो पार्टनर ईभी सेप्टेम्बर २०१७ मा बिक्री वितरण शूरु भएको थियो र संसारभरी यसले सफलता हासिल गरेको  थियो ।

प्युजो गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रालिले प्युजो पार्टनर इलेक्ट्रिकको नाममा यस्को विक्री वितरण गर्दै आएको छ ।

हाल भएको बजेट भाषणमा इलेक्ट्रिक गाडीको कर दर समायोजनले यी विद्युतिय गाडिहरुको मूल्य बृद्धी हुने निश्चित छ । सांग्रीला मोटर्सले आफ्नो प्युजो पार्टनर्स टेपी इभी पूर्व बजेट मूल्य ५५ लाख रुपैयाँमै  उपलब्ध तथा विक्री गर्ने भएको छ । यो योजना पूर्व बजेट मूल्यमा स्टक रहुन्जेल सम्म मात्र लागू हुने छ  ।

प्युजो पार्टनर टेपी इभीको विशेषता

प्युजो पार्टनर टेपीमा शक्तिशाली इलेक्ट्रिक ईन्जिन जडान गरिएको छ, जस्ले ६७ एच पी पावर, २०० एन एम टर्क, मात्र ४.२ सेकेन्डमा ३०-६० किलोमिटर प्रति घण्टाको रफ्तार तथा ११० किलोमिटर प्रति  घण्टासम्म  गति लिन सक्छ ।
त्यस्तै यसमा जडित 22 kWh Li-lon व्याट्रीले एक पटक चार्जमा १७० किलोमिटर सम्म गुड्न सक्छ ।

पार्टनर टेपी इभी आरामदायी तथा पूर्ण सुसज्जीत ५ सिटे  एम पि भी ले वास्तवमै कम खर्चमा स्वचालित हुन्छ । यसमा भएको पछाडिका सिटहरु छुटाउन मिल्ने , फोल्ड गर्न मिल्ने  तथा  पूर्ण रुपमा झिक्न मिल्ने खालका छन् ।

पछाडिको सिटमा ३ जना आरामले सवारी गर्न मिल्छ ।  साथै सिट पछाडि फोल्ड गरी १३५० लिटर सम्म स्पेस पाउन सकिन्छ ।  सिटहरु झिकी यसले ३००० लिटर सम्म कार्गो वुट स्पेस दिन्छ ।  उचाईमा बढी भएको कारण सामान लोड गर्न सजिलो बनाउँछ ।

यसको दुबै साइडमा भएको स्लाइडिङ ढोकाले गर्दा चढ्न सजिलो हुनको साथै टाइट पार्किङ क्षेत्रमा  पनि पार्क गर्न सजिलो हुन्छ । २०० मिमि ग्राउण्ड क्लियरेन्स भएको कारण कुनै पनि सडकमा गाडिको व्याट्रीले भुइ छोला भन्ने डर नलिई ढुक्क भई चलाउन सकिन्छ ।

यसलाई  तपाईले व्यापारिक  प्रयोजन जस्तै ट्रान्सपोर्ट तथा अन्य व्यवसाय जस्तै ट्राभल्स तथा टुर्समा पनि प्रयोग गर्न सकिन्छ ।

सुरक्षित एविएसस ब्रेक असिस्ट तथा पेसेन्जर र ड्राइभरको लागि साइड तथा कर्टेन एअर व्याग स्टानडर्डको रुपमा नै फिट गरिएका  हुन्छन् ।

अरु फिचरहरुमा क्रुज कन्ट्रोल म्यानुअल एअर कन्डिसनिङग तथा लिड डे टाइम रनिङ लाइट्स, टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम डि ए बी  डिजिटल रेडियो तथा रियर भ्यू क्यामरा सहित पार्किङ्ग, सेन्सर अटोमेटिक हेड लाईट्स् तथा  रेन सेसिङ्ग वाइपरस्, यस्को बहु आयामिक पाटो तथा ड्राइभिङ्ग अनुभवले बजेट मितव्ययी सबैको यो उचित रोजाइ बनेको छ ।