कीवर्डहरू -

आफ्नो एन्ड्रोइड फोन एन्ड्रोइड ११ बेटा भर्सनको लागि योग्य छ कि छैन भनेर थाहा पाउने तरिका

आफ्नो एन्ड्रोइड फोन एन्ड्रोइड ११ बेटा भर्सनको लागि योग्य छ कि छैन भनेर थाहा पाउने तरिका

विश्वको लोकप्रिय प्रविधि कम्पनी गूगलले बिहीबार एन्ड्रोइड ११ को पहिलो बेटा भर्सन सार्वजनिक गरेको छ । यो आउँदै गरेको एन्ड्रोइड अपडेटको पहिलो बेटा भर्सन हो ।

तपाईले आफ्नो एन्ड्रोइड फोनमा एन्ड्रोइड ११ को बेटा भर्सन उपलब्ध छ कि छैन् भनेर थाहा पाउन सक्नु हुनेछ । जसको लागि गूगल अकाउन्ट हुन आवश्यक छ । यदि गूगल अकाउन्ट छैन भने गूगल अकाउन्ट निशूल्क बनाउन सकिने छ ।

एन्ड्रोइड ११ को बेटा भर्सनको लागि आफ्नो फोनको लागि योग्य छ कि छैन भनेर थाहा पाउन सुरूमा कुनै पनि डिभाइसबाट गूगल क्रोम खोल्नुहोस । त्यसपछि यहाँ क्लिक गरी क्रोममा गूगल अकान्ट लगइन गर्नु भएको छैन भने आफ्नो गूगल अकाउन्ट प्रयोग गरी लगइन गर्नुहोस ।

गूगल अकाउन्ट लगइन गरेपछि ‘भ्यू योर इलिजिबल डिभाइसेस’ अप्सनमा क्लिक गरी आफ्नो डिभाइस एन्ड्रोइड ११ बेटाको लागि योग्य छ कि छैन् भनेर थाहा पाउन सकिने छ । यदि तपाईँको फोन बेटा कार्यक्रमको लागि योग्य छ भने त्यहाँ देखाउनेछ ।