कीवर्डहरू -

कोरोना उपचार कोषमा नबिल बैंकको २६ लाख २८ हजार ८ सय ६७ रुपैयाँ आर्थिक सहयोग

कोरोना उपचार कोषमा नबिल बैंकको २६ लाख २८ हजार ८ सय ६७ रुपैयाँ आर्थिक सहयोग

नबिल बैंकका सञ्चालक तथा कर्मचारीहरुले सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा २६ लाख २८ हजार ८ सय ६७ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयमा आयोजित उक्त कार्यक्रममा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल, संचालक उपेन्द्र प्रसाद पौड्याल र मानव संशाधन प्रमुख रोशन कोइरालाको पनि उपस्थित रहेको थियो ।

कोराना भाइरस महामारी विरुद्धको लडाइमा व्यक्तिगत तवरले पनि राष्ट्रलाई सहयोग गर्नुपर्छ भन्ने मनशायले बैंकका संचालक तथा कर्मचारीहरुले कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा योगदान गरेको बैंकका सिईओ शाहले बताए ।

त्यस्तै बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले नबिल बैंकले स्वास्थ्य क्षेत्रमा कुनै पनि महामारी विरुद्ध लड्न निरन्तर सहयोग गर्ने बताए ।