कीवर्डहरू -

मोबाइलबाटै कान्ति बाल अस्पतालको ओपिडी सेवाको टिकट लिन सकिने

मोबाइलबाटै कान्ति बाल अस्पतालको ओपिडी सेवाको टिकट लिन सकिने

अब मोबाइल एप मार्फत कान्ति बाल अस्पतालको ओपिडी सेवाको टिकट लिन सकिने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मोबाइल एपको शुभारम्भ गरेका हुन् ।

मोबाइल एपको शुभारम्भ गर्दै मन्त्री ढकालले एपको प्रयोगबाट उपभोक्ताको समय बचत हुनुका साथै उपचार प्रक्रियामा समेत सहज हुने बताए ।

अहिलेलाई एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताले गूगल प्ले स्टोरमा उपलब्ध रहेको कान्ति बाल अस्पतालको मोबाइल एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्ने छन् ।

यो सेवा आईओएस मोबाइल एप तथा अस्पतालको वेबसाइट मार्फत पनि छिटै प्रयोग गर्न सकिने व्यवस्था मिलाइने बताइएको छ ।

घरबाटै मोबाइल एपको प्रयोग गरी टिकट लिन सकिने तथा त्यसपछि सोझै अस्पताल पुगी चिकित्सक कहाँ गएर अभिभावकले आफ्ना बालबालिकाको उपचार गराउन सक्ने छन् ।

मोबाइल एप मार्फत बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म घरबाटै टिकट काट्न सकिने छ । जसको लागि दर्ता शुल्क ५० रुपैयाँ लाग्ने छ । दर्ता शूल्क पनि अनलाइनबाटै तिर्न सकिने छ ।

गूगल प्ले स्टोरमा रहेको कान्ति बाल अस्पतालको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।