कीवर्डहरू -

अब टाटाका कारहरु अनलाइनबाटै बुकिङ गर्न सकिने

अब टाटाका कारहरु अनलाइनबाटै बुकिङ गर्न सकिने

कोरोना भाइरस महामारीको समयमा टाटा मोटर्सले नेपालमा आफ्नो सम्पर्क रहित बुकिङ गर्नको लागि वेबसाइटको सुरुवात गरेको छ ।

अब https://tatacars.sipradi.com.np/ वेबसाइटमा गएर अनलाइनबाटै टाटाका कारहरु बुकिङ गर्न सकिने छ ।

टाटा मोटर्सका पेसेन्जर भेहिकलका अन्तर्राष्ट्रिय बिजनेस हेड सुजन रोय र सिप्रदीका सीईओ राजन बाबु श्रेष्ठले संयुक्त रुपमा डिजिटल माध्यमबाट उक्त वेबसाइटको शुभारम्भ गरेका थिए ।

यो वेबसाइटबाट सिप्रदीका दक्ष कर्मचारीहरुसँग लाइभ च्याट गरेर पनि टाटा मोटर्सको सवारीहरुको बारेमा जानकारी लिन र फोनपे वा ईसेवाको माध्यमबाट सवारीको बुकिङ समेत गर्न सकिनेछ ।

यसको विशेषतामा अनलाइन बुकिङ, क्याटलगहरू सहितको सवारीका विवरणहरु, सवारीको डेमो भिडियोहरु, टेस्ट ड्राइभ बुकिङ, पुरानो सवारीको तत्काल मुल्यांकन, ऋण मुल्यांकन, सर्भिस बुकिङ, रेफरल योजना र ग्राहकको सुझाव लगायतका रहेका छन् ।

कम्पनीका अनुसार यो वेबसाइट मार्फत गाडी बुकिङ गरेमा एक वर्ष नि:शूल्क सर्भिसिङ र कन्सुमेवल सुविधा तथा नगद छुटको समेत व्यवस्था गरिएको छ ।

साथै कम्पनीले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई अहिले चलि आएको योजना भन्दा थप ५० हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ ।