शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि वैकल्पिक माध्यमबाट देशभरका विद्यार्थीहरुलाई पढाउने भएको छ ।
शिक्षा मन्त्रालय अन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यक्रम र पाठ्य पुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत श्रव्य दृश्य सामग्रीबाट भोलि अर्थात असार १ गतेदेखि विद्यार्थीलाई पढाउने भएको हो ।
कोरोना भाइरस महामारीको कारण शैक्षिक संस्थाहरु खुल्न नसकेको यो समयमा वैकल्पिक प्रणालीबाट पढाउन सरकारले हालै ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेको थियो ।
सरकारले रेडियो, टेलिभिजन, अनलाइन तथा अन्य वैकल्पिक माध्यमको प्रयोग गरी विद्यार्थीहरुलाई पढाउनेछ ।
वैकल्पिक शिक्षाबाट देशभरका करिब ६० लाख विद्यार्थिहरुले पढ्ने छन् ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले असार १ गतेदेखि असार ३१ गतेसम्मको टेलिभिजनबाट पढाई हुने विषयको समय तालिका सार्वजनिक गरेको छ ।
केन्द्रले कक्षा १ देखि ८ कक्षाका विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट र कक्षा ९ र १० का विषयगत पाठहरु डिसहोम, नेट टिभि र म्याक्स टिभिबाट प्रसारण हुने व्यवस्था मिलाएको छ ।
टेलिभिजनबाट पढाई हुने विषयको समय तालिका