कीवर्डहरू -

खाद्य संकटको समस्या समाधान गर्न आयोजना गरिएको फुडाथनको ग्राण्ड फिनाले आज हुदै

खाद्य संकटको समस्या समाधान गर्न आयोजना गरिएको फुडाथनको ग्राण्ड फिनाले आज हुदै

बिट्स लाडरले आयोजना गरेको फुडाथनको आज ग्राण्ड फिनाले हुने भएको छ । खाद्य संकटको समस्या समाधान गर्ने र खाद्य स्थिरतालाई वृद्धि गर्ने उदेश्यले आयोजना गरिएको फुडाथन कार्यक्रमको आइतबार अर्थात आज ग्राण्ड फिनाले हुने भएको हो ।

अनलाइन मार्फत दिउँसो ३ बजेदेखि साझ ६ बजेसम्म तीनघण्टाको सेसन हुनेछ । उक्त कार्यक्रममा टप १३ फाइनलिष्ट टिमले खाद्य सुरक्षा सुनिश्चित गर्न उनीहरुले ल्याउन प्रयास गरिरहेको इनोभेसनको बारे अन्तिम प्रस्तुति दिने छन् ।

आजको कार्यक्रममै निर्णायकहरुले विजेता छनौट गर्ने छन् । उक्त कार्यक्रममा अन्य व्यक्तिहरु पनि स्पीकरको रुपमा रहेका छन् ।

फुडाथनको टाइटल विजेता टिमले ५० हजार नगद पुरस्कारको साथै मेन्टरसिप समेत प्राप्त गर्ने छ । फुडाथनको ग्राण्ड फिनालेमा सहभागी हुनको लागि यहाँ क्लिक गर्नुहोस ।