कीवर्डहरू -

साओमीको एमआई नोटबुक प्रो १५ ल्याप्टप सार्वजनिक, यस्ता छन् फिचर 

साओमीको एमआई नोटबुक प्रो १५ ल्याप्टप सार्वजनिक, यस्ता छन् फिचर 

साओमीले चीनमा एमआई नोटबुक प्रो १५ ल्याप्टप सार्वजनिक गरेको छ ।  एमआई नोटबुक प्रो १५ ल्याप्टप २ ओटि मोडेलमा उपलब्ध भएको छ ।

एउटा इन्टेलको आई फाइभ प्रोसेसर प्रयोग भएको भने अर्को इन्टेलको आई सेभेन प्रोसेसर प्रयोग भएको ल्याप्टप रहेको छ । यी दुबै प्रोसेसर इन्टेलको १० औं पुस्ताका हुन् ।

यी दुबै मोडेल १५.६ इन्च स्क्रीनमा उपलब्ध रहेको छ । आई फाइभ प्रोसेसर प्रयोग गरिएको ल्याप्टपको मूल्य ५ हजार ९ सय ९९ युआन तोकिएको छ ।

त्यस्तै आई सेभेन प्रोसेसर प्रयोग गरिएको ल्याप्टपको मूल्य ६ हजार ९ सय ९९ युआन तोकिएको छ । यी दुबै मोडेलमा विन्डोज १० प्रि इन्स्टल गरिएको छ ।

यो ल्याप्टप १६ जीबी र्‍याम सहित १ जीबी एसएसडीमा उपलब्ध रहेको छ । यसमा युएसबी पोर्ट, एचडिएमआई पोर्ट, एसडी कार्ड स्लट, युएसबी टाइप सी पोर्ट तथा ३.५ एमएम हेडफोन ज्याक लगायतका सुविधा छन् ।