कीवर्डहरू -

एनसेलको रिचार्जमा बोनस सेवा आजदेखि बन्द 

एनसेलको रिचार्जमा बोनस सेवा आजदेखि बन्द 

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले रिचार्जमा बोनस सेवा बन्द गरेको छ । एनसेलले कोरोना भाइरसको कारण देशभर भएको लकडाउनको समयमा प्रयोगकर्तालाई दूरसञ्चार सेवामा कुनै कठिनाई नहोस भनेर रिचार्जमा दिएको बोनस सुविधा आजदेखि बन्द गरेको हो ।

\"\"

कम्पनीले शनिबार एक सूचना सार्वजनिक गर्दै गत चैत १३ गतेदेखि लागु गरिदै आएको रिचार्जमा १२० प्रतिशत बोनस सेवा जेठ ३२ गतेबाट बन्द हुने जानकारी दिएको छ ।

एनसेलले रिचार्ज गरे बापत प्रदान गर्ने बोनस रकमबाट एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस गर्न र इन्टरनेट चलाउन सकिन्थ्यो ।