कीवर्डहरू -

आजदेखि टेलिभिजनबाट देशभरका विद्यार्थीलाई पढाउँदै सरकार (समय तालिका सहित)

आजदेखि टेलिभिजनबाट देशभरका विद्यार्थीलाई पढाउँदै सरकार (समय तालिका सहित)

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि टेलिभिजनबाट कक्षा १ देखि १० कक्षा सम्मका देशभरका विद्यार्थीहरुलाई पढाउने भएको छ ।

शिक्षा मन्त्रालय अन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा पाठ्यक्रम र पाठ्य पुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत श्रव्य दृश्य सामग्रीबाट आजदेखि देशभरका विद्यार्थीलाई पढाउने भएको हो ।

कोरोना भाइरस महामारीको कारण शैक्षिक संस्थाहरु खुल्न नसकेको यो समयमा वैकल्पिक प्रणालीबाट पढाउन सरकारले हालै ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरेको थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले टेलिभिजनबाट पढाई हुने विषयको समय तालिका सार्वजनिक गरेको छ ।केन्द्रले कक्षा १ देखि ८ कक्षाका विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट र कक्षा ९ र १० का विषयगत पाठहरु डिसहोम, नेट टिभि र म्याक्स टिभिबाट प्रसारण हुने व्यवस्था मिलाएको छ ।

टेलिभिजनबाट पढाई हुने विषयको समय तालिका

\"\"

\"\"

\"\"