कीवर्डहरू -

नयाँ पुस्ता इन्नोभेटिभ हुनुपर्ने प्रधानमन्त्रीको भनाई 

नयाँ पुस्ता इन्नोभेटिभ हुनुपर्ने प्रधानमन्त्रीको भनाई 

आजदेखि सुरु भएको वैकल्पिक सिकाई सहजिकरणको घोषणा तथा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री केपि शर्मा वलीले नया पुस्ता इन्नोभेटिभ हुनुपर्ने बताए । नेपाल टेलिभिजन मार्फत सम्बोधन गर्दै प्रधानमन्त्रिले प्रविधि मा अभ्यस्त हुदै नयाँ युगको लागि तयार हुन विद्यार्थीलाई आग्रह गरेका छन ।


प्रधानमन्त्रीले अब नेपालमा फेरी आन्दोलन गर्नुनपर्ने र यहि पुस्तामा परिवर्तन र विकसित समाज निमार्ण गर्न सकिने प्रधानमन्त्रीले बताए । ६० लाखबढि विद्यार्थीहरु आज विभिन्न माध्यमबाट अनलाइन सिकाईको क्रममा रहेको हुदा उनिहरुलाई अध्ययनशिल रहेर अघि बढ्न सुझाव दिए । कुन क्षेत्रमा लाग्ने हो, भोलि भविश्य कस्तो बनाउने आफैले सोच्दै सोहि अनुसार मेहनत गर्दै लगनशिल हुन र समाजिक, सांस्कृतिक सभ्यतालाई कायम राख्दै अघि बढ्न सुझाएका छन ।


विज्ञान र प्रविधिको युग भएको भन्दै अब पहुच हुनेहरुले यसलाई सहि सदुपयोग गर्न र पहुच नहुनेहरुलाई तत्काल अरु माध्यमबाट सिकाइलाई निरन्तरता दिदै अघि बढ्न अभिभावक तथा विद्यार्थीलाई प्रधानमन्त्रीले आग्रह गरे । आजदेखी विभिन्न ५ माध्यमबाट प्रविधिमा भएर र नभएका सबैलाई समेट्दै सिकाइ सहजिकरणको अभियान सुरु भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा सहज नभएसम्म यसलाई जारी राखिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वताउदै आएको छ ।


बैकल्पिक सिकाइबारे थप जानकारी लिन वा तालिका हेर्न यहाँ क्लिक गर्नुहोस । वैकल्पिक सिकाईको निर्देशिका अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस ।