कीवर्डहरू -

निसानका गाडी खरिद गर्दा ६ महिनासम्मको इएमआई र ब्याज कम्पनीले व्यहोर्ने

निसानका गाडी खरिद गर्दा ६ महिनासम्मको इएमआई र ब्याज कम्पनीले व्यहोर्ने

निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले यस बन्दाबन्दीको अवस्थालाई मध्यनजर गर्दै ‘बाइ नाओ पे लेटर’ योजना  बजारमा ल्याएको छ ।

यस  योजना अन्तर्गत निसान गाडी  खरिद  गर्दा ६ महिनासम्मको इएमआई र ब्याज कम्पनीले नै व्यहोर्ने जानकारी पायोनियर मोटोकर्पले गराएको छ। साथै निसानका सबै  गाडीहरु ३० प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुनेछन् ।

निशान नेपालले आजसम्मकै सबैभन्दा उत्कृष्ट अफर नेपाली अटो बजारमा ल्याएको दाबी गरेको छ । यस योजना स्टक रहने अवधि सम्म लागु हुनेछ र साथै सर्तहरु पनि लागु हुनेछन् ।