कीवर्डहरू -

भुक्तानी सेवा प्रदायकले पनि अब आईपिओ जारी गर्नुपर्ने

भुक्तानी सेवा प्रदायकले पनि अब आईपिओ जारी गर्नुपर्ने


भुक्तानी सेवा प्रदायक कम्पनीले पनि अब सञ्चालनमा आएको तीनवर्ष भित्र प्राथामिक शेयर (आईपीओ) जारी गर्नुपर्ने भएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फस्यौट विनियमावली, २०७७ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

पब्लिक कम्पनीको रुपमा दर्ता भएका अनुमतिपत्र प्राप्त कम्पनीले सेवा सुरु गरेको मितिले तीन वर्षभित्रमा कम्तीमा पनि २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने उक्त विनियमावलीमा उल्लेख गरिएको छ ।

नियामक निकाय राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थामा ३ देखि ७ जनासम्म रहेको सञ्चालक समिति हुनुपर्ने पनि व्यवस्था गरेको छ । राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुको योग्यता समेत तोकेको छ ।

हाल नेपालमा १३ वटा भुक्तानी सेवा प्रदायक कम्पनीहरुले नेपाल राष्ट्र बैंकबाट सञ्चालनको अनुमति पाएका छन् ।