प्रदेश ५ सरकारले आफ्ना काम कारबाही तथा सेवालाई विद्युतीय शासन प्रणालीको प्रयोग गरी छिटो छरितो र पारदर्शी बनाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हाल्दै आएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यस्तो बताएका हुन् ।
जस अन्तर्गत क्लाउड कम्प्युटिङ, प्रदेश सरकारका कार्यप्रणालीहरुको अटोमेसन, प्रदेश सरकारको बजेट योजना प्रणाली, खर्च व्यवस्थापन तथा लेखा नियन्त्रण प्रणाली, प्रदेश सरकारका सूचना प्रणालीहरुको सेक्युरिटी अडिट, प्रदेश निजामति सूचना प्रणाली तथा कार्यसम्पादन मूल्याङ्कन प्रणाली स्थापना तथा विकासका लागि आवश्यक बजेट विनियोजन गरेको मुख्यमन्त्री पोखरेलले बताए ।
आईसीटी समाचार