कीवर्डहरू -

प्रदेश ५ ले डिजिटल प्रविधिको प्रयोग मार्फत कृषि क्षेत्रको आधुनिकीकरण गर्ने

प्रदेश ५ ले डिजिटल प्रविधिको प्रयोग मार्फत कृषि क्षेत्रको आधुनिकीकरण गर्ने

प्रदेश ५ सरकारले डिजिटल प्रविधिको प्रयोग मार्फत कृषि क्षेत्रको आधुनिकीकरण गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हाल्दै आएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यस्तो बताएका हुन् ।

जस अन्तर्गत ब्लकचेन सिस्टममा आधारित स्मार्ट कन्ट्रयाक्ट, आर्टिफिसियल इन्टेलिजेन्स र मसिन लर्निङमा आधारित स्वाचालित आपूर्ती प्रणाली, कृषि बिचौलिया प्रथालाई अन्त्य गर्नका लागि एग्री कमोडिटी मार्केट सिस्टम तथा कृषक अनलाइन सिकाई लगायत प्रणालीहरु सञ्चालनमा ल्याइने मुख्यमन्त्री शंकर पोखरेलले बताए  ।