कीवर्डहरू -

डिजिटल प्रदेश निर्माणको लागि प्रदेश ५ ले छुट्यायो ९ करोड ७६ लाख

डिजिटल प्रदेश निर्माणको लागि प्रदेश ५ ले छुट्यायो ९ करोड ७६ लाख

प्रदेश ५ ले डिजिटल प्रदेशका कार्यक्रम कार्यान्वयनको लागि ९ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत सम्हाल्दै आएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यस्तो बताएका हुन् ।

सवारीसाधनको दर्ता नविकरण, सवारी चालक अनुमतिपत्र नविकरण, प्रदेश लोकसेवा आयोगमा आवेदन लगायतका सेवाहरु अनलाइन मार्फत प्रदान गरिने मुख्यमन्त्री पोखरेलले बताए ।

मुख्यमन्त्री पोखरेलका अनुसार अस्पतालको ओपीडी टिकट, बस टिकट, खानेपानी शूल्क लगायतका सेवाहरु घरमै बसी अनलाइन मार्फत लिन सकिने बनाइनेछ ।

साथै सूचना प्रविधि सम्बन्धि उद्योग स्थापनामा जोड दिइने तथा स्मार्ट दूर शिक्षाको प्रणाली विकास गरी ई-लर्निङको प्रवर्द्धन गरिने  उनले बताए ।

सूचना प्रविधिमैत्री प्रदेश निर्माणको कार्य अगाडी बढाउन आवश्यक दक्ष जनशक्तिको उत्पादन, रोजगारी सृजना, उद्योग तथा दक्ष कामदाहरुको डाटावेस तयार गर्ने कार्यका लागि आवश्यक बजेट विनियोजन गरेको पोखरेलले बताएका छन् ।