कीवर्डहरू -

एकै वर्षमा १५ भुक्तानी प्रणाली तथा सेवा प्रदायकले पाए राष्ट्र बैंकबाट अनुमति

एकै वर्षमा १५ भुक्तानी प्रणाली तथा सेवा प्रदायकले पाए राष्ट्र बैंकबाट अनुमति

नेपालमा पछिल्लो समय डिजिटल कारोबारका सेवा प्रदायकका सेवाहरु बढेसँगै प्रयोगकर्ताहरु पनि बढिरहेका छन । गत जेठ मसान्तसम्म मोवाइल वालेट अर्थात भुत्तानी सेवा प्रदायकहरु १४ वटा पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।


राष्ट्र बैंकले भुत्तानीमा दुइ प्रकारका सेवाहरुलाई अनुमति दिइको छ ।  भुत्तानी प्रणाली सञ्चालक (पिएसओ) जम्मा ९ वटाले अनुमति (लाइसेन्स) प्राप्त गरेका छन भने भुत्तानी सेवा प्रदायक (पिएसपी) १४ वटा रहेका छन ।


पिएसओमा नेपाल क्लियरिङ हाउस र स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडले २०७४ मा राष्ट्र बैंकबाट अनुमतीपत्र (लाइसेन्स) प्राप्त गरेका थिए । नेप्स, भिजा वल्र्डवाइड, युनियन पे, नेपाल पेमेन्ट सोलुसनले २०७६ सालको विभिन्न मितिमा लाइसेन्स प्राप्त गरेका थिए । यसैगरी मास्टरकार्ड एसिया, फोन पे र फस्ट पेले २०७६ मसिंरपछि लाइसेन्स प्राप्त गरि सञ्चालनमा रहेका छन ।


पिएसपीमा १४ मध्ये ८ वटाले २०७६ सालमा लाइसेन्स प्राप्त गरेका हुन । २०७६ मा लाइसेन्स प्राप्त गर्नेहरुमा खल्ती, मोरु, क्युपे, पे टाइम, स्मार्ट कार्ड, मोहर पे नेट कार्ड, इनेट पे र मोको रहका छन । यसैगरी २०७७ जेठ २९ गते कुराकानी पे प्रालिको कुराकानी पेले लाइसेन्स प्राप्त गरेको छ । नेपाल राष्ट्र बैंकले पेमेन्ट सेवा प्रदायकलाई लाइसेन्स दिने व्यवस्था गरेपछि दर्जनौ कम्पनीहरुले सेवा सञ्चालनको लागि आवेदन दिएका थिए ।


पहिलो लाइसेन्स प्राप्त भुत्तानी सेवा प्रदायक कम्पनी प्रभु टेक्नोलोजी प्रा.लि हो, यद्दपी इसेवाले विगत ११ वर्षदेखि डिजिटल पेमेन्ट सेवा सञ्चालन गर्दै आएको थियो । इसेवा र आइएमइ पेले प्रभु पेको भन्दा एक दिन पछाडी २०७४ असार ५ गते लाइसेन्स प्राप्त गरेका थिए । २०७५ सालमा लाइसेन्स प्राप्त गरेका दुइ सेवा प्रदायकहरुमा सेलपे र सिजी पे रहेका छन ।
लाइसेन्स प्राप्त गरेपनि कतिय सेवा प्रदायकहरुले आफ्नो सेवा सुरु गरिनसकेको देखिन्छ । अझै दर्जनौ कम्पनीहरु एलओआई प्राप्त गरी सेवा सुरु गर्न लाइसेन्सको पर्खाइमा रहेका छन ।

\"\"