कीवर्डहरू -

लक्ष्मी बैंकले ल्याप्टप कम्प्युटर खरिदको लागि शत प्रतिशतसम्म ऋण दिने

लक्ष्मी बैंकले ल्याप्टप कम्प्युटर खरिदको लागि शत प्रतिशतसम्म ऋण दिने

लक्ष्मी बैंकले ल्याप्टप, कम्प्युटर तथा त्यससँग सम्बन्धित उपकरण खरिदको लागि ऋण दिने भएको छ । कोरोनाको कारण सिर्जना भएको वर्क फ्रम होम र अनलाइन लर्निङलाई मध्यनजर गर्दै बैंकले ऋण दिने योजना ल्याएको हो ।

खरिद मूल्यको शत प्रतिशतसम्म ऋण उपलब्ध गराउने लक्ष्मी बैंकको यस योजनामा वार्षिक १२ प्रतिशत   ब्याजदर निर्धारण गरिएको छ ।

लक्ष्मी बैंकले अहिलेलाई एसर, इप्सन, डेल तथा एप्पल ब्राण्डका ल्याप्टप तथा कम्प्युटर उपकरण खरिदमा ऋण दिने जनाएको छ । यसमा अझै ब्राण्डहरु पनि थप्दै जाने बैंकको योजना रहेको छ ।

लक्ष्मी बैंकले ल्याप्टप, कम्प्युटर तथा त्यससँग सम्बन्धित उपकरण खरिदको लागि उपलब्ध गराउने ऋणको प्रक्रिया सुरु गर्न कुनै पैसा लाग्ने छैन ।