कीवर्डहरू -

आइफोनको दस बर्षे यात्रा  र आइफोन एक्स 

आइफोन फस्ट जेनेरेसनदेखि एक्ससम्मको कथा

आइफोनको दस बर्षे यात्रा  र आइफोन एक्स 

विश्वप्रसिद्ध  एप्पल कम्पनि अमेरिकाको अन्तर्रा्ष्ट्रिय कम्पनि हो,जसले कम्प्युटर सफ्टवेयरको डीजाइन बनाउने अथवा निर्माण गर्ने काम गर्दछ । एप्पल आइप्याड,आइफोन,तथा म्याक जस्ता डीभाइजहरुको हार्डवेयर उत्पादनका लागि प्रसिद्ध मानिन्छ । र साथमा सामसङ र नोकिया पछाडीको विश्वको तेस्रो ठुलो मोबाइल निर्माता कम्पनि हो ।


आइफोन एप्पल इन्क कम्पनीले डीजाइन र बजार शुरु गरेको स्मार्टफोन हो । सन् २००७ को जनवरी ९ मा एप्पल कम्पनीका संथापक स्टीभ जब्सले एप्पल कम्पनिको पहिलो स्मार्टफोन अथवा आइफोनको पहिलो पुस्ता विश्वब्यापी रुपमा  सार्बजनिक गरे । त्यसबेला नोकिया र ब्ल्याकबेरी जस्ता शक्तिशाली मोबाइल कम्पनिहरु मोबाइलको दुनियामा छाएका थिए । एप्पलले  पहिलो स्मार्टफोन, आइफोन त्यसै वर्षको जुलाई २९ बाट बिक्रिवितरण सुरु गर्यो ।
तल हेरौ आइफोनले कसरि आफ्नो यात्रा सुरु गर्यो र  संसारलाई बदल्न स्मार्टफोनको दुनियामा के कस्ता परिवर्तनहरु ल्यायो, जसले गर्दा एप्पल विश्वकै सर्बा्धिक धनि कम्पनि मध्येको एक बन्न पुग्यो ।

आइफोनको जन्म, सन् २००७
सुरुवातमा आइफोनको पहिलो पुस्ता आइफोन फस्ट जेन सार्बजनिक भएको थियो,उक्त स्मार्टफोनलाई  एप्पलका  संस्थापकले सार्बजनिक गरेका थिए र आइफोन भनेर चिनाएका थिए । चाख लाग्दो कुरा त के हो भने  ४९९ अमेरिकी  डलर बिक्रि मूल्य राखेर अमेरिकामा विक्री शुरु गरिएको आइफोन किन्नका लागि उपाभोक्ताहरुको डिभाईज लन्च हुनुभन्दा केहि दिन अघि देखिनै  एप्पलको रिटेल स्टोरहरुमा भिड लागेको थियो र केहि बिक्रि शुरु गरेको घण्टामानै स्मार्टफोन धेरै वटा स्टोरहरुमा सर्टेज भएको थियो ।

\"\"
यो डीभाइजमा  सुरुमा बर्गाकर खाका भएको आइकन, एउटामात्र होम बटन र माल्टी टच डिस्प्लेलाइ प्रस्तुत गरिएको थियो । यो फोन विशेष गरि इन्टरप्राइजेजहरुलाई लक्षित गरेर तयार गरिएको थिएन । एप्पलको पहिलो स्मार्टफोन आइफोनको डिस्प्ले साइज ३.५ इन्च, त्यस्तै ३२० ह ४८० पिक्सेल रिजोलुसन रहेको थियो । फस्ट जेनेरेसनको आइफोनमा ४१२ एमएचजेड को प्रोसेसर राखिएको थियो भने यसमा १२८ एमबी र्याम र ४ जीबी रोम उपलब्ध थियो । त्यस्तै यसमा २ मेगपिक्सेलको रियर क्यामेरा त थियो तर फ्रन्टमा भने क्यामेरा राखिएको थिएन । त्यस्तै अपरेटिंग सिस्टम आइओएस १.०  राखेर बनाइएको थियो । उक्त आइफोन् फस्टमा १४०० mब्ज को ब्याट्रीको प्रयोग गरिएको थियो । पहिलो पटक निकालिएको एप्पलको स्मार्टफोन  आइफोन उक्त वर्षभरिमा ६.१ मिलियन वटा सेटहरू  बिक्रि भएको थियो ।

आइफोन ३ जी, सन् २००८
एप्पल कम्पनीले आइफोनको पहिलो पुस्ता सार्बजनिक गरेको ठिक एकबर्ष पछि जुन २००८ मा   आइफोन ३ जी नाम गरेको आइफोनको दोस्रो पुस्ताको स्मार्टफोन निकाल्यो ।उक्त आइफोन ३ जी, कम्पनिले अमेरिकाको सानफ्रान्सिस्कोमा सार्बजनिक गर्यो ।


आइफोन ३ जीको भित्र भने आइफोन फस्ट जेनको जस्तै भएतापनि दोस्रो बर्षमा एप्पलले आइफोनको बाहिरी मोडेल पहिलेको भन्दा परिवर्तन गर्यो र जीपीएस, फास्टर ३ जी डाटा  जस्ता थुप्रै नयाँ हार्डवेयर फिचरहरु थप्यो । भर्खरै लन्च गरेको आइओएस अपरेटिंग सिस्टम २.० प्रयोग गरेर  नयाँ एप्पल स्टोर पनि थप गर्यो ।


त्यस्तै २२ वटा देशहरुमा २ वटा स्टोरेज अप्शन ८ जीबी र १६ जीबी संस्करणमा बिक्रिवितरण गरियो र १६ जीबी स्टोरेज भएको मोडेल ब्ल्याक र ह्वाइट कलरमा पनि उत्पादन गरियो । ८ जीबीको  बिक्रि मूल्य १९९ अमेरिकी डलर र १६ जिबिको मुल्य २९९ डलर तोकिएको थियो आइफोन ३ जी बिक्रि शुरु गरेको पहिलो सातामानै १ मिलियन बिक्रि गरेर उत्साहजनक ब्यापार गरेको थियो ।

\"\"

आइफोन ३ जि एस, सन् २००९
एप्पलले क्रमशः  सन् २००७ र २००८ मा   आइफोनको पहिलो र दोस्रो पुस्ता आइफोन फस्ट जेन  र आइफोन ३जि सार्बजनिक गर्यो र यसै क्रममा कम्पनिले स्मार्टफोनको क्षेत्रमा धेरै सफलता हाशिल गर्यो । बर्षै पिच्छे नयाँ मोडेल प्रस्तुत गर्ने कार्यलाइ जारि राख्दै कम्पनिले पुनः २००९ मा  आइफोन ३जि एस सार्बजनिक गर्यो ।


यो मोडेलमा  खासै केहि नयाँ फिचर्स नभएता पनि पहिलो एस मोडेल भएका कारण यसमा टेक्स्ट कपि र पेस्ट गर्ने अप्सन राखियो । अन्य केहि फिचर्समा परिवर्तन भयो क्यामेरा आइफोन ३ जिमा  भन्दा परिवर्तन गरि ३ मेगपिक्सेलको  अटोफोकस राखियो । आइफोन तेस्रो पुस्ता सम्म आइपुग्दा ३ जीमा  भ्वाइस कन्ट्रोल थिएन भने ३ जिएसमा म्युजिक र डायलिंग गर्दा भ्वाइस कन्ट्रोल गर्न सकिने फिचर्सहरु राखियो । ३ जीएसमा ब्याट्री लाइफ बढाएर ६ घण्टा बाट ९ घण्टा सम्म थेग्न सक्ने बनाउनुका साथ साथै स्टोरेज वृद्धी गरि ३२ जीबी सम्मको अप्सन पनि यसमा राखिएको थियो  । आइफोन ३ जिएसको सेट लन्च गरिएको पहिलो सप्ताहमानै १ मिलियन भन्दा धेरै बिक्रि भएको थियो ।

आइफोन फोर, सन् २०१०
२०१० मा जब आइफोन फोर लन्च भयो तब यसको डीजाइन अरुभन्दा भिन्न र सुन्दर भएका कारण चर्चामा रह्यो,यो संगसंगै अन्य थुप्रै फिचरहरु पनि यसमा थप गरिएको थियो । तिनै फिचर्सका कारण आइफोन ४ ले आफ्ना  प्रतिद्वन्दीहरुलाइ पछि पार्दै आफ्नो गतिलो स्थान तयार गरेको थियो । स्टेनलेस स्टील र एन्टेनाको प्रयोग भएको भएको उक्त स्मार्टफोनलाई  स्टिभ जब्सले त्यतिबेलाको पातलो आइफोन भनेका थिए । कम्पनिले त्यतिबेला ६४०ह९६० भएको पिक्सेल डेनसिटि भएको हाई रेजोलुसनको रेटिना डिस्प्ले सार्बजनिक गरेको थियो ।


उक्त फोनमा ५१२ एमबि र्याम तथा ८ ,१६ ,३२ जीबी स्टोरेजको अप्सन राखिएको थियो ।आइओएस् ४ को अपरेटिंग सिस्टम नयाँ राखे संगै,एलइडी फ्ल्याश सहित  ५ मेगापिक्सेलको रियर र पहिलो पल्ट ०.३ मेगपिक्सेलको फ्रन्ट फेसिंग भीजीए क्यामेराको प्रयोग भएको थियो। जसले  फेसटाइम भिडियो कल गर्न सम्भब भयो । यो फोनमा एप्पलले पहिलो पटक  डीजाइन गरेको प्रोसेसरको प्रयोग भएको थियो ।

\"\"

आइफोन फोर एस , सन् २०११
एप्पलले सन्  २०११ मा संस्थापक स्टिभ जब्सको मृत्यु हुनु भन्दा एकदिन अघि  आइफोनको नयाँ मोडेल आइफोन फोर एस लन्च गर्यो । यसमा सिरी(अपरेटिंग सिस्टमको एउटा पार्ट जसले भ्वाइस कमाण्डको आधारमा  टेक्स्ट पठाउने,विभिन्न एप खोल्ने काम गर्छ  ) नामको इन्टेलिजेन्ट पर्सनल भ्वाइस असीस्ट्यान्ट  फिचर राखिएको थियो ।


३.५ इन्च डिस्प्ले रहेको फोर एस बाहिरी रुपमा हेर्दा आइफोन फोर जस्तै भएतापनि फोर एसको भित्रि भागमा भने धेरै परिवर्तन गरियो। आइफोन फोरमा जस्तै ५१२ एमबी र्याम भएको यो फोनमा  स्टोरेज  अप्सन ६४ जीबी सम्म राखियो । एप्पलले उक्त वर्ष अगाडि प्रयोग भएका कमसल क्यामेरा हटाएर,८ मेगपिक्सेलको क्यामेरा,राम्रो ब्याट्री लाइफ र आइक्लाउड तथा एप्पल ए ५ को चिप्सेट राखेर  आइओएसको नयाँ अपडेट दिएको थियो ।


एप्पल कम्पनिले आइफोन फोर एसमा विभिन्न फिचर्सलाई अद्यावधिक गरि आफ्ना प्रतिस्पर्धिहरुलाई कडा टक्कर दिंदै स्मार्टफोनको दुनियामा फेरी एकपल्ट  आफुलाई अग्रस्थान उभ्याउन सफल भयो ।

आइफोन ५, सन् २०१२
आइफोनका नयाँ मोडेलहरुले तात्कालिन बजारमा लगातार सफलता प्राप्त गरेपश्चात् २०१२ को सेप्टेम्बेरमा ४ इन्च डिस्प्ले भएको आइफोन ५ लन्च गर्यो । १,१३६ ह ६४० पिक्सेल डेन्सीटि भएको रेटिना डिस्प्ले राखेर स्क्रिन साइजमा  परिवर्तन गरेसंगै अल्मुनियमको प्रयोगले फोन हलुका र मजवुत बनायो ।त्यस्तै यसको तौल पहिले भन्दा २० प्रतिशतले घटाएर तयार गरियो । अधिल्लो पुस्तामा भन्दा धेरै सुधार गरेर क्यामेराहरु राखियो जहाँ ८ मेगपिक्सेलको रियर र १.२ मेगपिक्सेलको फ्रन्ट क्यामेराको प्रयोग भएको थियो ।

आइफोन ५ को १,४४०एमएएच लिथियम पोलीमार ब्याट्रीको प्रयोग गरिएको थियो । त्यस्तै १ जीबी र्याम भएको उक्त फोनमा अपरेटिंग सिस्टम आइओएस ६ राखियो जसले आइफोन ५ लाइ अरुभन्दा अलग बनायो अर्थात् यसमा थुप्रै नौलो परिवर्तन हरु आए जस्तै स् भ्वाइस असीस्ट्यान्ट द्वारा स्पीचलाइ टेक्स्टमा परिवर्तन गर्न सकिने भयो । एप्पल कम्पनिले  आइफोन ५ मूल्य भने यसको स्टोरेज क्षमता अनुसार १६ जीबीलाइ १९९ अमेरिकी डलर,२९९ डलर ३२ जीबीलाइ र ३९९ डलर ६४ जिबिलाई तोकेको थियो ।

\"\"

आइफोन ५ एस र ५ सी , सन् २०१३
एप्पलले २०१३ सम्म आइपुग्दा स्मार्टफोनको बजारमा एकदमै राम्रो छवि स्थापित गरेको थियो । एप्पलले पहिलो पल्ट एकैचोटी दुइटा मोडेलको फोन प्रस्तुत गर्यो । यसपटक भने आइफोनले धेरै वटा कलर अप्सनहरु निकाल्यो, कलर फुल ५ सी अल्मुनियमको प्रयोग नगरेर प्लास्टिकको द्वारा बनायिएको थियो । त्यस्तै यसमा कोर्निंग गोरिल्ला ग्लास पयोग गभएको थियो । त्यसमा प्रयोग  गरिएका क्यामेरा लगायत अन्य स्पेसिफिकेसन आइफोन ५ संगै मिल्दो जुल्दो थियो ।


१ जीबी र्याम भएको यो फोन,त्यसबेला ५ सी ८ जीबी,१६ जिबि र ३२ जीबी संस्करणमा उपलब्ध थियो भने ५ एस भने ६४ जीबी संस्करण  सम्म उपलब्ध थियो । त्यस्तै दुवै फोनको डिस्प्ले साइज भने  ४ इन्च कै रहेको थिओ तर आइफोन ५ एसमा फिन्गर प्रिन्ट सेन्सर राखिएको हुनाले टच आइडी सपोर्ट गर्ने होम बटन आइफोन ५ सी को  भन्दा  नयाँ फिचर थियो । यसमा ६४ विटको प्रोसेसर र आइओएस ७ प्रयोगले आइफोन ५ एसको अपरेटिंग सिस्टममा  आमुल परिवर्तन आयो ।

आइफोन ६ र ६ प्लस, सन् २०१४
आइफोनले  अन्त्यमा आएर २०१४ मा आफ्नो जिवनकालकै सबै भन्दा ठुलो फोन आइफोन ६ र आइफोन ६ प्लस मोडेल प्रस्तुत गर्यो । यो भन्दा आघिका फोनहरुमा  साधारणतया  ४ इन्चको डिस्प्ले रहेको मा आइफोन ६ को डिस्प्ले ४.७ इन्च र आइफोन ६ प्लसको डिस्प्ले ५.५ इन्चको निकालेको थियो ।
उक्त बर्ष  तुलनात्मक रुपमा पुराना आइफोनहरुको भन्दा ठुलो डिस्प्ले आउनुनै  आइफोनका फ्यानहरुका लागि मुख्य आकर्षणको केन्द्र बनेको  थियो । आइफोन ६ मा स्टोरेज क्षमता बढाएर १२८ जीबी सम्मको पुर्याइएको थियो यसमा १ जीबी र्याम थियो ।

जबकी दुवैमा आइओएस ८ र आइओएस ९ क्रमशस्प्रयोग गरिएको थियो । आइफोन ६ मा १८१० एमएएच को ६ प्लसमा २९१५ एमएएचको ब्याट्री प्रयोग गरिएको थियो ।कर्भ डिजाइनको डिस्प्ले तथा एनएफसी पेमेन्ट सपोर्टका साथै फास्ट प्रोसेसर र धेरै सुधार गरिएका क्यामेराहरु राखिएको थियो । तर यो अन्य फोनहरु भन्दा ठुलो भएका कारण पहिले जस्तो सहजै  खल्तीमा राख्न  मिल्ने भने थिएन ।

\"\"

आइफोन ६ एस र ६ एस प्लस, सन् २०१५
आइफोन ६ एस र ६ एस प्लसको डिस्प्ले साइज क्रमशः ४.७ इन्च र ५.५ इन्च रहेकको थियो । आइफोन ६ एसको डीजाइन र आइफोन ६को जस्तै भएतापनि ६ एस र ६ एस प्लसमा हार्डवेयरमा पहिलेको भन्दा सुधार गरियो । १२ मेगपिक्सेलको क्यामेरा,एलटिई एडभान्स सपोर्ट र फिन्गरप्रिन्ट रिकगनिसन सेन्सर लगायतका फिचर्सहरु अपग्रेड गरियो ।


त्यस्तै आइफोन ६ एस मा अर्को एउटा नयाँ ३ डी टच नामको हार्डवेयर फिचर  राखियो ।जुन उक्त वर्ष आइफोनले गरेको  सबैभन्दा ठुलो परिवर्तन थियो । गोल्ड,सिल्वर र स्पेस ग्रे कलरमा उपलब्ध हुने आइफोन मोडेल ६ एस र ६एस प्लस नयाँ रोज गोल्ड कलर मा पनि निकाल्यो । यो सेट आएको पहिलो हफ्तामानै १३ मिलियन सेटहरु बिक्री गरेर कम्पनिले नयाँ रेकर्ड बनाउन सफल भएको थियो ।

आइफोन एसई, सन् २०१६
आइफोनको आधिकारिक उत्पादक कम्पनि एप्पलले सामान्यतया ठुला आइफोन प्रयोग गर्न नरुचाउने उपभोक्ताहरुलाई  लक्षित गरेर आइफोन एसई  २०१६ मा सार्बजनिक गर्यो । त्यस्तै आइफोन एसई विभिन्न कलरहरुमा सार्बजनिक गर्यो । २०१६ को मार्चमा लन्च गरिएको उक्त फोन ४ इन्च सुपर रेटीना डिस्प्ले र एलइडी व्याक लाईट आइपिएस एलसीडी क्यापसिटिभ टचस्क्रिन सहित भएको आइफोन एसईको डीजाइन  तुलनात्मक रुपमा आइफोन ६ भन्दा सानो र ठ्याक्कै ५ एस संग मिल्दो थियो ।

धेरैकुरामा  सुधार गरेर सम्पूर्ण फिचर राखेर तयार गरिएको सानो डीजाइनको यो स्मार्ट फोनमा १,६२४ एमएएचको ब्याट्री राखेर ब्याट्रीको लाइफमा पनि सुधार गरिएको थियो ।  १६ जीबी र ६४ जीवि स्टोरेज अप्सनमा प्राप्त गर्न सकिने यो स्मार्टफोन स्पेस ग्रे, सिल्वर गोल्ड र रोज गोल्ड कलर अप्सनमा उपलब्ध थियो । यसरि २०१६ मा  निकालेको आइफोन सानो भएता पनि  यसको विकसित  हार्डवेयर तथा आइफोन ६मा भन्दा  शक्तिशाली फिचर्स प्रयोग गरिएको कारणले यो फोनले कुनै पनि किसिमका आलोचनाहरु खेप्नु परेन ।

\"\"

आइफोन ७ र ७ प्लस, सन् २०१६
बिगतका प्रत्येक  बर्षमा सफलतालाइ अंगाल्दै २०१६ सम्म आइपुगेको एप्पलले  उक्त बर्षको सुरुवातमै प्रभावशालि स्मार्टफोन आइफोन एसईलाइ बिश्व बजारमा चिनाइसकेको  एप्पल कम्पनिले पुनः २०१६ कै सेप्टेम्बरमा फेरी दुइवटा स्मार्टफोनहरु सार्बजनिक गर्यो ।


डिजाइन दुरूसती आइफोन ६ एसको जस्तो भएतापनि आइफोन ७ का थुप्रै कलर अप्सनहरु आए, त्यस्तै पानि र धुलो नपस्ने, क्यपसिटिभ स्ट्याटिक होम बटन र ३०५ एमएमको हेडफोन ज्याक हटाएर अरु भन्दा अलग मोडेल निकाल्यो र यसमा लाइटिंग कनेक्टर पनि राखियो  । यसको प्लस मोडेलमा रहेको १२ एमपीको डुअल क्यामेराले भने प्रयोगकर्ताको ध्यान केन्द्रित गरेको थियो ।

दुवै मोडेलको फोनमा रेटिना एचडी,एलइडी ब्याक लाईट आइपीएस एलसीडीको स्क्रिन रहेको छ भने ७ मोडेलको डिस्प्ले ४.७ इन्च र ७ प्लस मोडेलको ५.५ इन्च डिस्प्ले रहेको छ । ७ मा २जीबी र्याम र ७ प्लसमा ३ जीबी सहित अपरेटिंग सिस्टम आइओएस १० को प्रयोग भएको यी फोनहरुको इन्टरनल स्टोरेज बढाएर  २५६ जीबी सम्मको स्टोरेज अप्सन राखियो ।

\"\"

आइफोन ८ र ८ प्लस, सन् २०१७
एप्पल कम्पनिले पहिलो आइफोन निर्माण गरेको २०१७ मा  पुरापुर दश बर्ष पुग्यो,आइफोन सिरिजको लगातार सफलता पछि कम्पनिले फेरी २०१७ को सेप्टेम्बरमा थप दुइवटा सेटहरू लन्च गर्यो । अघिल्ला पुस्ताहरु जस्तै नै बनायिएको आइफोन ८ मा वायरलेस चर्जिंग,फास्टर प्रोसेसर तथा बिकशित क्यामेरा र डिस्प्ले लगायतका परिवर्तनहरु स्मरण योग्य परिवर्तनहरु हुन् ।


आइफोन ८ प्लसमा पनि अगाडी ग्लास र अल्मुनियमको प्रयोग गरेर बनाइएको छ । ५.५ इन्च १०८० ह १९२० पिक्सेल फुल एचडी डिस्प्ले रहेको आइफोन ८ प्लसको ७ प्लस र ८ को जस्तै स्क्रिन डिजाइन रहेकोछ । साथमा क्यामेराको क्वालिटी पनि आइफोन ८ को जस्तै रहेको ८ प्लसमा र्याम र ब्याट्री ब्याकअप भने उच्च स्तरको रहेको छ । ३ जीबी र्याम र २६९१ एमएएचको ब्याट्री राखिएको ८ प्लसमा २१ घण्टा सम्मको टक टायम छ । आइफोन ८ र ८ प्लस आइपी ६७ सर्टीफाइड भएका कारणले यो डस्ट र वाटर  रेसिस्ट्यान्ट हो । केहि आकर्षक फिचर र ब्राण्डका कारण आइफोन ८ र ८ प्लस प्रति प्रयोगकर्ताहरु आकर्षित बनेका छन् ।

आईफोन १० (एक्स), सन् २०१७
स्मार्टफोनको बजारमा दस बर्ष सम्म लगातार आफ्ना प्रतिद्वन्दीहरुसंग प्रस्तिस्पर्धा गर्दै तथा बिभिन्न फिचर्स भएका नयाँ संस्करणको फोनहरु निर्माण गर्दै एप्पलले २०१६ सम्म आइपुग्दा अनेकौ आलोचना पनि खेप्नु पर्यो । एप्पलले आफ्ना विभिन्न कमि कम्जोरिहरुलाई सुधार गर्दै  दस बर्ष सम्मको लामो यात्रा तय गर्दा आइफोनका विभिन्न बर्षका संस्करणहरुमा अनेक प्रकारका बिशेषताको प्रयोग गरि नयाँ परिक्षणहरु गरेर स्मार्टफोनको दुनियाँमा आमुल परिवर्तन ल्याउने एउटा अग्रज संस्थाको रुपमा आफुलाई स्थापित गर्न सफल भयो ।


२०१७ को सेप्टेम्बरमा दुइवटा प्रभावशालि सेटहरू आइफोन ८ र ८ प्लस सार्बजनिक गरेर चर्चामा छाइरहेको एप्पल कम्पनिले उक्त मोडेलहरु लन्च गरेको एक महिना नबित्दै गत नोभेम्बेरमा फेरी आइफोन दसरएक्स सार्बजनिक गरेर पुनस् चर्चाको शिखरमा पुग्न सफल भएको छ । आइफोन एक्स मार्फत एप्पलले जहिले पनि भबिष्यको टेक्नोलोजीको बारेमा सोच्छ भन्ने कुरा उजागर भएको छ ।

\"\"
आइफोनको इतिहासमानै पहिलो पटक ओलेड टेक्नोलोजीको प्रयोग,ग्लास र स्टेनलेस स्टिल तथा वायर लेस चर्जिंग आइफोन फ्ल्यागशिप मोडेल दसको बिशेषताहरु हुन् ।त्यस्तै होम बटन हटाएर फेस आइडी प्रस्तुत गरिनु र बेजेल लेस डिस्प्लेको प्रयोग हुनु,नयाँ मोडेलमा आएका महत्वपूर्ण परिवर्तनहरु हुन् । आइफोन दश स्टोरेज ६४ जीबी र २५६ जीबी संस्करणमा उपलब्ध छ । त्यस्तै स्टोरेज क्षमता अनुसार उक्त स्मार्टफोनको मूल्य फरक फरक रहेको छ ।
यसमा आइफोनमा भने सुपर मनिकर रेटिना डिस्प्ले जहाँ ४५८ पिपिआई पिक्सेल डेन्सिटी र २४३६ ह ११२५ पिक्सेल सहितको अमोलेड स्क्रिन प्रयोग भएको छ । अरु डीभाइजमा जस्तै  आइफोन टेनमा  पनि आगाडीको सतह ५.८ इन्चको रहेको छ । आइफोन टेनमा होम बटन हटाएर स्वाइप गेस्चर राखिएको हुनाले फोन चलाउन पहिले भन्दा सहज हुने देखिन्छ  ।


आइफोन टेनले हेक्साकोर ए ११ बायोनिक न्यूरल प्रोसेसरको प्रयोग गरेको छ । यसमा भएका २ वटा कोर ले २५ प्रतिशत छिटो काम गर्छन् त्यसैगरि चारवटा दक्ष कोरहरुले ७० प्रतिशत छिटो कार्य गर्छन् र एप्पलले डिजाइन गरेको जीपीयूको  ३० प्रतिशत  छिटो  प्रोसेसिंग स्पीड छ । ए ११चिपसेट प्रयोग भएको आइफोन दसको हाई प्रोसेसिंग स्पिड छ र यसलाई अहिले सम्मकै पावरफुल स्मार्टफोन मानिएको छ ।


नयाँ मोडेलको स्मार्टफोनमा एप्पलले वायरलेस चजिंग सिस्टम ल्याएको छ । एक्समा फोनको पछाडीपट्टि १२ एमपीको डुअल क्यामेरा छ भने एउटामा १२ एमपीको वाईड एन्गल लेन्स र अर्कोमा पनि १२ एमपीकै टेलिफोन लेन्स राखिएको छ । केवल फ्ल्यागशिप मोडेल आइफोन टेनमा एप्पलले फेस रेकग्निसनलाइ बायोमेट्रिक सेक्युरिटि फिचरको रुपमा राखेको छ ।


विकसित रुपका फ्रन्ट क्यामेरा र सेन्सरको प्रयोग भएको हुनाले,फेसियल मुभमेन्टहरुलाई आइफोन टेनले सजिलै संग  एनीमेटेड इमोजिहरुमा ट्रान्स्लेट वा क्याप्चर गर्न सक्छ, त्यसलाई नै एनिमोजिज भनिन्छ । यसरी आइफोनले १० वर्षको सुखद यात्रा पार गर्दैगर्दा पछिल्लो समय आइफोन एक्सले संसारभरका मानिस यसको पछि लागेका छन । प्रविधिको प्रयोग र अन्य कुरामा एन्ड्रोइडको दबदबा हुदाहुदै पनि कयौ मानिसहरु आइफोन र यसको ब्राण्डमा मरिहत्ते गर्दछन ।